देउवा र ओलीबीच आज फेरि वार्ता हुने, संसद भवनमा के-के भयो छलफल ?
बिहीबार, १२ फागुन २०७८, १७ : ०२
सत्तासीन नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक सकिएको छ । संसद बैठक स्थगित भएपछि बिहीबार दिउँसो साढे २ बजे संसद भवनमै काँग्रेस र एमालेबीच बैठक सकिएको हो । बैठकमा भएको छलफलबारे दुबै पक्षबाट गोप्य राखिएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच आज साँझ फेरि छलफल हुने तय भएको छ ।
देउवा र ओलीबीच एमसीसी र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन छलफल हुने काँग्रेस महामन्त्री गगन थापाले बताए । संसदको अवरोध खुलाउन सकारात्मक छलफल भएको थापाको भनाइ छ।
यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले ओलीसँगको छलफलपछि संसद सञ्चालन हुने विश्वास व्यक्त गरे । एमसीसी सार्वभौम संसदमा गहन रुपले छलफल भएर एउटा निष्कर्ष पुग्ने वातावरण तयार हुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण