
चुनावको तयारीमा जुट्यो कमल थापा नेतृत्वको राप्रपा नेपाल

कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । आइतबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो । जसअनुसार स्थानीय निर्वाचनको तयारीका लागि सुशील श्रेष्ठको संयोजकत्वमा स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
समितिको सदस्यहरूमा श्री तेजकुमार कुरुम्वाङ्ग, हरिकृष्ण श्रेष्ठ, राम नरेश यादव, , रामसुन्दर विष्ट, राजकुमार खड्का, खेमराज गौतम, ईर्साद आलम, ईश्वर श्रेष्ठ, ललित जोशी, सुशीला गिरी, शिवकुमार बाँस्तोला, श्यामबहादुर खत्री, सुजन अधिकारी, दिनेशचन्द्र गुप्ता, चेतनाथ थापा, राजु नापित, दुर्योधन निरौला र उज्वल पोखरेल रहेका छन् ।
बैठकले स्थानीय निकाय निर्वाचन घोषणा पत्र तयारी समिति गठन गरेको छ । जसको संयोजकमा सुरेश आचार्य रहेका छन् भने सदस्यहरूमा माधव खत्री, ममता राई, होमभक्त कुुरुम्वाङ, रमेश राज पन्त, शशिरंजन यादव, रामचन्द्र बाँनिया रहेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ