
राप्रपा नेपालले भन्यो– नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा

नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा बढेको राप्रपा नेपालले जिकिर गरेको छ । राप्रपा नेपालको आइतबार बसेको केन्द्रीय समिति बैठकले नेपालमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीब्र रुपले बढेको समेत ठहर गरेको छ ।
‘विगत केही वर्षयता नेपालमा वाह्य शक्तिहरूको चलखेल र प्रभाव तीब्र रुपले बढ्दै गएको छ । नेपाल वाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा देखिँदै छ’, राप्रपा नेपालको निर्णयमा भनिएको छ ।
यसको ज्वलन्त उदाहरण एमसीसी सम्बन्धी विवाद भएको राप्रपाको भनाइ छ । प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र अदूरदर्शिताका परिणाम स्वरुप एमसीसी अनावश्यक विवादको बन्धक भएको राप्रपा नेपालको भनाइ छ । राप्रपा नेपालले छिमेकी मित्रराष्ट्र चीन र अमेरिकाले व्यक्त गरेका चासो र चिन्तालाई नेपालले गम्भीर रुपमा लिनुपर्नेमा पनि जोड दिएको छ ।
‘नेपाली जनतामा व्याप्त आशंकाको निराकरण तथा अमेरिका र चीन दुवैलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न नेपाल सरकार तथा सम्बद्ध सबै राजनीतिक दलहरूसँग राप्रपा नेपाल आग्रह गर्दछ’, बैठकको निर्णयमा भनिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ