शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वीनारायण शाह राप्रपा नेपालको आदर्श पुरुष, केन्द्रीय समिति बैठकका १० निर्णय सार्वजनिक

आइतबार, ०८ फागुन २०७८, १७ : ०४
आइतबार, ०८ फागुन २०७८

कमल थापा नेतृत्वको राप्रपा नेपालको पहिलो केन्द्रीय समिति बैठकले १० बुँदे निर्णय गरेको छ । बैठकले पृथ्वीनारायण शाहलाई आदर्श पुरुष तथा उनको दिव्य उपदेशलाई मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ । 
बैठकपछि राप्रपा नेपालले जारी गरेको विज्ञप्तिमा पार्टीको घोषणापत्रमा सनातन वैदिक मूल्य, मान्यता र चिन्तनमा आधारित “सम्बर्द्धनवाद” पार्टीको वैचारिक दर्शन हुने उल्लेख छ । नेपालको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै “राष्ट्रियता” लाई सर्वोपरि साध्य बनाइएको पनि सो पार्टीले जनाएको छ ।

बैठकले गत पन्ध्र वर्षको अभ्यास र अनुभवलाई दृष्टिगत गर्दै धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्ने, संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग पनि गरेको छ । 

यस्तै बैठकले राष्ट्रको एकीकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरणमा राजसंस्थाले पुर्‍याएको योगदानको उच्च मूल्यांकन र सम्मान गर्दै भविष्यमा राप्रपा नेपालको नीति जनता केन्द्रीत हुने तथा लोकतान्त्रिक हिन्दु राष्ट्र मुख्य कार्यनीति हुने निर्णय पनि गरेको छ ।

मितिः- २०७८ फागुन ८ गते
प्रेस विज्ञप्ति

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज सम्पन्न पहिलो केन्द्रीय कार्य समितिको बैठकले देहाय बमोजिमका निणर्यहरु गरेको छ । 

१) बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जन सहित पारित गरेको छ ।

२) बैठकले पारित गरेको घोषणापत्रमा सनातन वैदिक मुल्य, मान्यता र चिन्तनमा आधारित “सम्बद्र्धनवाद” पार्टीको बैचारिक दर्शन हुने उल्लेख छ । नेपालको भू-राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राप्रपा नेपालले “राष्ट्रियता” लाई सर्वोपरि साध्य बनाएको छ । राष्ट्रनिर्माता ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई आदर्श पुरुष तथा राष्ट्रनिर्माताको दिव्य उपदेशलाई राप्रपा नेपालले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गरेको छ । साथै,  समावेशी प्रजातन्त्र पार्टीको अपरिहार्य आधार हुने घोषणापत्रमा उल्लेख छ । 

३) बैठकले गत पन्ध्र वर्षको अभ्यास र अनुभवलाई दृष्टिगत गर्दै धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्ने र संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग गरेको छ ।

४) बैठकले राष्ट्रको एकिकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरणमा राजसंस्थाले पुर्‍याएको योगदानको उच्च मुल्यांकन र सम्मान गर्दै भविष्यमा राप्रपा नेपालको नीति जनता केन्द्रीत हुने तथा लोकतान्त्रिक हिन्दुराष्ट्र मुख्य कार्यनीति हुने निणर्य गरेको छ ।

५) बैठकले संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापना तथा सुशासन र समृद्धिलाई पार्टीको भावी कार्यदिशा निर्धारण गरेको छ ।

६) विगत केही वर्षयता नेपालमा वाह्य शक्तिहरुको चलखेल र प्रभाव तीब्र रुपले बढ्दै गएको छ । नेपाल वाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा देखिंदै छ । यसको ज्वलन्त उदाहरण एम.सी.सी. सम्बन्धी विवाद हो । प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र अदुरदर्शिताको परिणाम स्वरुप अमेरिकी अनुदान सहायता (एम.सी.सी.) अनावश्यक विवादको बन्धक भएको छ । फलतः एम.सी.सी. सम्बन्धमा आम नेपाली जनतामा गम्भिर आशंका बढाएको छ । साथै, एम.सी.सी. बारे छिमेकी मित्रराष्ट्र चीन र अमेरिकाले व्यक्त गरेका चासो र चिन्ता गम्भीर रुपमा लिनुपर्छ । त्यसर्थ, नेपाली जनतामा व्याप्त आशंकाको निराकरण तथा अमेरिका र चीन दुवैलाई विश्वासमा लिएर एम.सी.सी. कार्यान्वयन गर्न नेपाल सरकार तथा सम्बद्ध सबै राजनीतिक दलहरुसँग राप्रपा नेपाल आग्रह गर्दछ ।
७) छोटो समयमा पटक-पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राप्रपा नेपाल घोर भत्र्सना गर्दछ । साथै सर्वसाधारण जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन पनि जोडदार माग गर्दछ ।
८). स्थानीय निकायको निर्वाचनको तयारीको लागि  देहाय बमोजिम स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन भएको छ ।
 
१. सुशील कुमार श्रेष्ठ- संयोजक
२. तेजकुमार कुरुम्वाङ्ग, पाँचथर-  सदस्य
३. हरिकृष्ण श्रेष्ठ, सुनसरी-  सदस्य
४. राम नरेश यादव, धनुषा-  सदस्य
५. रामसुन्दर विष्ट, भक्तपुर-  सदस्य
६. राजकुमार खड्का, काठमाडौं-  सदस्य
७. खेमराज गौतम, बाँके-  सदस्य
८. ईर्साद आलम, रुपन्देही-  सदस्य
९. ईश्वर श्रेष्ठ, सुर्खेत-  सदस्य
१०. ललित जोशी, कैलाली-  सदस्य
११. सुशीला गिरी, काठमाडौं-  सदस्य
१२. शिवकुमार बाँस्तोला, कास्की-  सदस्य
१३. श्यामबहादुर खत्री, काठमाडौं-  सदस्य
१४. सुजन अधिकारी, नुवाकोट-  सदस्य
१५. दिनेशचन्द्र गुप्ता, कपिलवस्तु- सदस्य
१६. चेतनाथ थापा, झापा- सदस्य
१७. राजु नापित, भक्तपुर- सदस्य
१८. दूर्योधन निरौला, सुनसरी- सदस्य
१५. उज्वल पोखरेल, गोरखा-सदस्य सचिव
 

९) देहाय अनुसार स्थानीय निकाय निर्वाचन घोषणा पत्र तयारी समिति गठन भएको छ ।
१. सुरेश आचार्य,  संयोजक
२. माधव खत्री, भक्तपुर-  सदस्य 
३. ममता राई, झापा-  सदस्य
४. होमभक्त कुुरुम्वाङ, तेह्रथुम-  सदस्य
५. रमेश राज पन्त, नवलपरासी-  सदस्य
६. शशिरंजन यादव, महोत्तरी-  सदस्य
७. रामचन्द्र बाँनिया, झापा-  सदस्य

सल्लाहकार
डा. विष्णु भण्डारी -तनहुँ
डा. अरुण कुमार सिंह -धनुषा
सुरेश आचार्य
केन्द्रीय सदस्य

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप