बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसी रोक्न प्रचण्डको अन्तिम प्रयास, देउवाले नमाने आजै सरकार छाड्ने

बुधबार, ०४ फागुन २०७८, ११ : ४२
बुधबार, ०४ फागुन २०७८

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी टेबल हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेका छन् । त्यसका लागि अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । 

बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन्  । यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी टेबल गरिए गठबन्धन र सरकार छाड्ने माओवादीको तयारी छ । 

माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोही निर्णय सुनाउन र देउवालाई मनाउन प्रचण्ड अन्तिम प्रयासस्वरुप बालुवाटार पुगेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले रातोपाटीलाई बताए । 

अर्का सांसद तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले गठबन्धनमै सहमति नभई एमसीसी अघि बढे माओवादीले गठबन्धन र सरकार दुवै छोड्ने निर्णय भएको जानकारी दिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप