शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : माधव पनि एमसीसीको विपक्षमा

बुधबार, ०४ फागुन २०७८, ११ : ४१
बुधबार, ०४ फागुन २०७८

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसिसीविरुद्ध एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको समेत साथ रहेको र काँग्रेस एक्लिएको बताएका छन् ।  प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले रातोपाटीसँग भने, ‘माधवजीले पनि यथास्थितिमा एमसीसीको पक्षमा मतदान गर्नुहुन्न । काँग्रेसबाहेक गठबन्धनका सबै दल एकमत छौँ ।’

एकीकृत समाजवादीले एमसीसीबारे मौनता साँधिरहेका बेला प्रचण्डले पार्टीको बैठकमा यस्तो बताएका हुन् । तथापि बुधबार बिहानसम्म एकीकृत समाजवादी पार्टीको स्पष्ट धारणा बाहिर आइसकेको छैन । 

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने एमसीसीको पक्षमा मतदान गर्ने दाबी काँग्रेस नेताहरुको छ । प्रतिनिधिसभामा १९ मत रहेको जसपाका नेता डा बाबुराम भट्टराई खुलेर एमसीसीको पक्षमा लागेका छन् भने अध्यक्ष उपेन्द्र यादव मौन छन् । भट्टराईको पक्षमा ११ र यादवको पक्षमा ८ सांसद रहेको जसपाका नेताहरु बताउँछन् । 

प्रचण्डले संसदीय दलको बैठकमा काँग्रेस बाहेक सत्ता गठबन्धनका सबै दल एमसीसीको विपक्षमा रहेको बताएपनि जसपाले काँग्रेसलाई सघाउने सम्भावना जिवितै छ ।  गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सुरुदेखि एमसीसीको विपक्षमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप