शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

माओवादी संसदीय दलको बैठक लगत्तै प्रचण्ड बालुवाटारमा

बुधबार, ०४ फागुन २०७८, ११ : २१
बुधबार, ०४ फागुन २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका छन् । सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ । बैठकका ३ वटा निर्णयबारे जानकारी दिँदै माओवादी नेता दीनानाथ शर्माले रातोपाटीसँग भने, ‘एक, संशोधन बिना एमसीसी पास हुन सक्दैन । राष्ट्रिय हित विपरीतका बुँदाहरु संशोधन हुनैपर्छ । दुई, राष्ट्रिय सहमति र गठबन्धनबीच सहमति हुनैपर्छ । र तीन, पहिले संसद खुल्नुपर्छ, संसद नखुली एमसीसी टेबल गर्न मिल्दैन ।’

प्रचण्डले बैठकको निर्णय प्रधानमन्त्री देउवालाई सुनाउने छन् । ‘प्रधानमन्त्रीले बोलाउनु भएको छ, म भेट्न जाँदैछु । बैठक रोक्न आग्रह गर्छु  । वहाँले जबरजस्ती टेबल गर्ने प्रयास गरे आजै सरकारबाट अलग भएको घोषणा हुन्छ,’ सांसद रामेश्वर राय यादवले बैठकमा प्रचण्डको ब्रिफिङ उदृत गर्दै भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप