बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न ओलीको चेतावनी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघको अब हुने निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभराम्भ गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थानीय तह निर्वाचनप्रति सरकार सकारात्मक नहुनुमा विगतमा एमालेले ल्याएको परिणाम रहेका पनि बताए ।
उनले भने, ‘एमालेको बर्चस्व यिनीहरुलाई बिझाइरहेको छ । अब आउँदो निर्वाचनमा बहुमत जित्छौ । के गर्लान् विचराहरु ?’ ओलीको भनाइ छ । उनले चेतावनीको शैलीमा भने, ‘म भन्न चाहान्छु । भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा पनि बहुमत ल्याउँछौ ।’
उनले एमालेले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिए । ‘हामी कसैलाई निर्वाचनबाट भाग्न दिने छेनौ, मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने सपना नदेखे हुन्छ ।’ उनले एमाले जनप्रतिनिधिहरुले स्थानीय तहमा अत्यन्तै राम्रो काम गरेको भन्दै उनीहरुको प्रशंसा गर्दै उनले औचित्य र आवश्यकता पुष्टि गर्नेगरी भएका कामप्रति धन्यवाद व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण