स्थानीय निर्वाचन हुन नदिने गठबन्धनमै छन् : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवैको दवावले सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गर्न बाध्य भएको बताएका छन् । उनले सरकारलाई यस्तो वाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र गलत जालझेलबाट सत्ता कब्जा गर्ने, षडयन्त्रलाई परास्त गर्न सफलता मिलेको समेत बताएका छन् ।
शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । ‘हाम्रो पार्टीको, बौद्धिक क्षेत्र, निर्वाचन आयोग र सवैको चर्को दवावले सरकार निर्वाचन मिति घोषण गर्न बाध्य भएको हो’, अध्यक्ष ओलीको भनाइ छ ।
उनले निर्वाचनमा समस्या खडा गर्न खोज्नेहरू अहिलेको सत्ता गठबन्धनमा भएको भन्दै निर्वाचन हुन नदिनेहरु र नगराउनेहरु भएको बताए । ‘प्रतिगमनसम्म देशलाई पुर्याउने, स्थानीय तहहरूको अवधि नथप्ने, प्रतिगमनका आधार तयार गर्नेहरु अहिलेकै गठबन्धनमा छन् र त्यो धन्दा र संयुक्त प्रयास प्रकट भइरहेको छ ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण