शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संसद कोमा र भेन्टिलेटरमा छ : ओली

शुक्रबार, २८ माघ २०७८, ०५ : ०५
शुक्रबार, २८ माघ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद कोमा र भेन्टिलेटरमा पुगेको बताएका छन् । उनले सरकार बनेको सात महिना देशको महत्वपूर्ण समय बर्बाद भएको भन्दै कतिपय कुराहरु यो सात महिनामा पछाडि फर्केको बताए । ‘व्यवस्थापिका संसद चलेको छैन । विरोधका बीच तानाशाही अधिनायकवादी पेलानका साथ, भत्ता पचाउने हिसाबले मात्रै संसद अस्तित्वमा छ’, ओलीले भने, ‘सरकार गैरजिम्मेवार ढंगले चलेको छ ।’

उनले आफुहरु संसदका बैठकमा सहभागी हुने वातावरण बनाउ भनेर भनिरहे पनि नसुनेको बताए । ‘पार्टी फोड्ने कार्यमा सभामुख सहभागी हुन्छन् । मोर्चाबन्दीमा सामेल हुन्छन् । र हाम्रा बिरुद्ध मुद्दा चलाउन अदालत जान्छन् । यस्तो अवस्थामा संसद निरर्थक भइरहेको छ । संसदलाई निष्प्रभावी बनाएर राखिरहने । संसद कोमा र भेन्टिलेटरमा छ ।

अग्रगमनकारी संसदलाई निरर्थक बनाएर राख्नुभएको छ’, ओलीको भनाइ छ । उनले सरकारले देशलाई गम्भिर कुटनीतिक अप्ठेरोमा फसाउँदै लगेको भन्दै शक्ति राष्ट्रको खेलमैदान बन्न अवस्था आएको बताए । बेठीक काम गर्दै सरकारको समय बितेको भन्दै उनले प्रश्न गरे, ‘अहिले अर्थतन्त्रका सूचक कहाँ पुगेको छ ?’

उनले प्रधानमन्त्रीले ६ महिने कार्यकालमा प्रधानमन्त्रीले गरेको सम्बोधन पनि बेढंगको भएको बताए । ‘सरकारलाई म आग्रह गर्न चाहान्छु, भन्न चाहान्छु नेपाली जनताले जान्न पाउनुपर्छ, अहिले अर्थतन्त्रको अवस्था के छ । देश डुब्दैछ’, उनले ६ महिनामा व्यापार घाटा ५५ प्रतिशत बढेको भन्दै योबाट नै अवस्था बुझ्न सकिने बताए । उनले अर्थतन्त्रको यो हालत दशककै पहिलोपटक न्युन भएको, सुन तस्करी मौलाएको भन्दै यस्ता कुरामा सरकार मौन रहेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप