शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बाह्य सुरक्षा चुनौती सामान्य रहेको आयोगको निष्कर्ष, कोरा जनशक्ति भर्ना नगर्न सुझाव

मङ्गलबार, १८ माघ २०७८, १६ : ४६
मङ्गलबार, १८ माघ २०७८

निर्वाचन आयोगले दलहरूमा आन्तरिक प्रतिस्पर्धा तीव्र भए पनि बाह्य सुरक्षा चुनौती सामान्य रहेको निष्कर्ष निकालेको छ । जसका कारण सुरक्षा निकायमा रहेको मौजुदा जनशक्ति र अस्थायी तथा म्यादी जनशक्तिको प्रभावकारी परिचालन गरेर एकै चरणमा निर्वाचन भए पनि सुरक्षा प्रदान गर्न सकिने देखिएको आयोगले जनाएको छ । 

आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा नयाँ कोरा जनशक्ति भर्ना नगर्न सुझाव दिएको छ । सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने भएमा नयाँ कोरा जनशक्तिको साटो सेवा निवृत्त नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल र स्थानीय तहका नगर प्रहरी परिचालन गरी यस्तो जनशक्ति म्यादी रूपमा काममा लगाइ व्यवस्थापन गर्न सकिने आयोगको निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप