बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एकै चरणमा चुनाव नगरे ५ बेफाइदा

मङ्गलबार, १८ माघ २०७८, १६ : ४०
मङ्गलबार, १८ माघ २०७८

निर्वाचन आयोगले आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न जोड दिएको छ ।  एकै चरणमा चुनाव नभएको खण्डमा हुने घाटाबारे पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गराएको परामर्श पत्रमा दुई वा सो भन्दा बढी चरणमा निर्वाचन गर्दा आउन सक्ने ५ समस्या उल्लेख गरिएको छ ।   

जसमा पहिलो चरणमा भएका निर्वाचनको मतपेटिका दोस्रो चरणको निर्वाचन सम्पन्न नभएसम्म सुरक्षितसाथ राख्न जोखिम हुने, सुरक्षाकर्मीको व्यवस्थापनमा समस्या हुने, सुरक्षाकर्मी तथा कर्मचारीको थप सुविधाका कारण खर्च बढ्ने, पहिलो चरणको निर्वाचन सकिनासाथ मतगणना गर्ने विकल्पमा जाँदा दोस्रो चरणको निर्वाचनको नतिजालाई प्रभावित पार्न सक्नेजस्ता समस्या औँल्याइएको छ।  यस्तै लामो समयसम्म निर्वाचनमा अल्झिदा उद्योग, व्यापार, व्यवसायलगायत अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने पनि आयोगको भनाइ छ । 

तर एकै चरणमा निर्वाचन गर्दा निर्वाचन खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापन सहज हुने, मतदान शिक्षा सामग्रीहरूमा एकरुतापमा हुने, प्रचारप्रसार खर्च कम हुनेलगायत फाइदा हुने आयोगको भनाइ छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप