२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु
पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो ।
मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ । बिहीबार यस्तो संख्या ९० हजार बढी थियो ।
अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या पनि कम रहेको छ । बिहीबार देशभर २१ हजार ८०८ जनामा कोरोना परीक्षण हुँदा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको थियो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या हालसम्म पीसीआर विधिबाट भएको परीक्षण्मा ९ लाख ४४ हजार ७४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २४ हजार ८५८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको हुँदा कुल ११ हजार ६९७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

