बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा काठमाडौंमा मात्रै २१५३ जनामा कोरोना पुष्टि, कति छन् उपत्यकामा सक्रिय संक्रमित ?

शुक्रबार, १४ माघ २०७८, १६ : २७
शुक्रबार, १४ माघ २०७८

पछिल्लो २४ घण्टामा उपत्यकाका जिल्लाहरु मध्ये काठमाडौंमा मात्रै २१५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  
मन्त्रालयका अनुसार हाल देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेकामा काठमाडौंमा मात्रै ३८ हजार २२ जना रहेका छन् । यस्तै ललितपुरमा १० हजार ३१९ तथा भक्तपुरमा ५ हजार ६९४ जना सक्रिय संक्रमित रहेका छन् । 
पछिल्लो २४ घण्टामा देशभर भने ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप