एमाले अधिवेशन : दैलेखमा फेरि मतदान गर्न निर्देशन
एमाले जिल्ला अधिवेशन अन्तर्गत विवादित बनेको दैलेखमा पुनः मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिएको हो । सोमबार भएको मतदानमा खसेकोभन्दा ३१ बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद भएको थियो । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मतपत्र भेटिएपछि मतगणना रद्द गरिएको थियो ।
पार्टीभित्रको आन्तरिक चुनावमै दलका नेताहरुबीच टकराव हुन थालेपछि कार्यकर्ताहरूले नेताहरूमाथि नैतिक प्रश्न उठाइरहेका छन् । एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले रातोपाटीसँग कुरा गर्दै भने, ‘अब चुनाव हुन्छ । मिति तोकिएको छैन । यसअघिको बदर गर भन्ने कुरा पार्टी केन्द्रबाट निर्देशित छ ।’
उनले जसबाट जे गल्ती भए पनि गम्भीर अपराध भएकाले छानबिन गरिने र कारबाहीको विषय बनेको बताए । ‘छानबिनको पाटो अर्कै हो, कसले गल्ती गर्यो भन्ने कुरा माथिल्लो कमिटी (प्रदेश कमिटी)ले निर्क्यौल गर्छ ।’
बिहीबार एमाले कर्णाली प्रदेशका इञ्चार्ज यामलाल कँडेललको टोली दैलेख जान लागेको छ । एमाले दैलेख जिल्ला इन्चार्ज तथा अध्यक्ष मण्डलका प्रमुख लक्ष्मीप्रसाद पोखरेलले पार्टीभित्रको चुनाव भएकाले आन्तरिक रुपमै समाधान गरिने बताए ।
उनले भने, ‘एउटा पक्षबाट केही न गल्ती भएकै हो भन्ने देखिन्छ । हामी खोजी गर्छौं ।’ अध्यक्षका उम्मेदवार सुर्यबहादुर शाही पक्षले भने शर्मा पक्षले नै ‘सेटिङ’ गरेर पार्टीको नीति, सिद्धान्त विपरीत गतिविधि गरेको आशंका गरेको छ ।
स्रोतका अनुसार विशेषगरी निर्वाचनका लागि खटिएका कर्मचारीले एउटा पक्षको सपोर्ट लिएर ठुलो गल्ती भएको देखिन्छ । शाहीले भने, ‘पार्टीभित्रको निर्वाचन भएकाले जे डिसिजन हुन्छ, त्यही मान्य हुन्छ । निर्वाचनका देखिएका सबै प्रक्रियामा कमजोरी भएको रिपोर्टिङ पार्टीलाई गरिसकेको छु ।’
तर अध्यक्षका उम्मेदवार शर्मा भने फरक मत राख्छन् । उनले चुनावमा जानुबाहेक केही विकल्प नरहेको तर्क गरे । उनले भने, ‘अर्को पक्षले जे भन्यो त्यही गर्छु ।’ उनले अध्यक्ष मण्डलमाथि पनि प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
