शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले टुंग्यायो राष्ट्रियसभाका १९ उम्मेदवार (सूचीसहित)

सोमबार, १९ पुस २०७८, १६ : २६
सोमबार, १९ पुस २०७८

 नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि १९ जना उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो । एमालेले प्रदेश १ बाट गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाएको छ ।

वागमती  प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाएको एमालेले  गण्डकी प्रदेशमा अर्जुन कुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।  यसैगरी लुम्विनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ ।

सुदूरपश्चिम  प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको बैठकमा सहभागी एक नेताले बताए ।  

यी हुन् एमालेबाट रिक्त हुने ८ सिट

फागुन २० पछि एमालेले जितेका ८ सिटसहित कुल १९ स्थान रिक्त हुँदैछन् । एमालेतर्फका प्रदेश १ बाट तीनजना राष्ट्रियसभा सदस्य पदमुक्त हुँदैछन् । त्यस्तै, प्रदेश २, लुम्विनी, सुदुरपश्चिम र कर्णालीबाट एमालेका एक÷एक सीट खाली हुन लागेका छन् ।

माघ १२ मा हुने राष्ट्रिसभाको चुनावमा एमालेले आफ्नो पुरानो ८ सीट जोगाउनुपर्ने चुनौती छ ।

यसअघि एमालेले जितेका ८ सीट

१.सुमनराज प्याकुरेल प्रदेश २

२.रामलखन चमार लुम्विनी

३. परशुराम मेघी गुरुङ, प्रदेश १

४.नैनकला ओझा प्रदेश १

५.चक्र प्रसाद स्नेही, सुदुरपश्चिम

६.कोमल वली लुम्विनी

७.कविता वोगटी, कर्णाली

८.अगमप्रसाद वान्तवा प्रदेश १

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप