एमालेले टुंग्यायो राष्ट्रियसभाका १९ उम्मेदवार (सूचीसहित)
नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि १९ जना उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो । एमालेले प्रदेश १ बाट गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाएको छ ।
वागमती प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाएको एमालेले गण्डकी प्रदेशमा अर्जुन कुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । यसैगरी लुम्विनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशबाट पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको बैठकमा सहभागी एक नेताले बताए ।
यी हुन् एमालेबाट रिक्त हुने ८ सिट
फागुन २० पछि एमालेले जितेका ८ सिटसहित कुल १९ स्थान रिक्त हुँदैछन् । एमालेतर्फका प्रदेश १ बाट तीनजना राष्ट्रियसभा सदस्य पदमुक्त हुँदैछन् । त्यस्तै, प्रदेश २, लुम्विनी, सुदुरपश्चिम र कर्णालीबाट एमालेका एक÷एक सीट खाली हुन लागेका छन् ।
माघ १२ मा हुने राष्ट्रिसभाको चुनावमा एमालेले आफ्नो पुरानो ८ सीट जोगाउनुपर्ने चुनौती छ ।
यसअघि एमालेले जितेका ८ सीट
१.सुमनराज प्याकुरेल प्रदेश २
२.रामलखन चमार लुम्विनी
३. परशुराम मेघी गुरुङ, प्रदेश १
४.नैनकला ओझा प्रदेश १
५.चक्र प्रसाद स्नेही, सुदुरपश्चिम
६.कोमल वली लुम्विनी
७.कविता वोगटी, कर्णाली
८.अगमप्रसाद वान्तवा प्रदेश १
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
