राष्ट्रियसभा सदस्य उम्मेदवारमा काँग्रेसभित्र भागबण्डा, शेखर पक्ष दुई सिटमा सीमित !
नेपाली काँग्रेसभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवार भागबण्डामा टुंगाइएको छ । जसअनुसार देउवा पक्षका ४ उम्मेदवार रहेका छन् भने शेखर कोइराला पक्षका दुई जनामै सीमित रहेका छन् ।
काँग्रेस पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले देश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जसअनुसार मिश्र र पन्त मात्रै शेखर पक्षका हुन् । जसका पन्त सहमहामन्त्रीमा पराजित बनेकी थिइन् भने मिश्र वीरबहादुर बलायरसँग सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित बनेका थिए । सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा काँग्रेसले ६ जना उम्मेदवार उठाउने गरी भागबण्डा भएकामा काँग्रेसभित्र पनि गुटगत भागबण्डा भएको हो । आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको १९ सिटमा चुनाव हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण