राष्ट्रियसभा सदस्य उम्मेदवारमा काँग्रेसभित्र भागबण्डा, शेखर पक्ष दुई सिटमा सीमित !

नेपाली काँग्रेसभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवार भागबण्डामा टुंगाइएको छ । जसअनुसार देउवा पक्षका ४ उम्मेदवार रहेका छन् भने शेखर कोइराला पक्षका दुई जनामै सीमित रहेका छन् ।
काँग्रेस पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले देश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जसअनुसार मिश्र र पन्त मात्रै शेखर पक्षका हुन् । जसका पन्त सहमहामन्त्रीमा पराजित बनेकी थिइन् भने मिश्र वीरबहादुर बलायरसँग सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित बनेका थिए । सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा काँग्रेसले ६ जना उम्मेदवार उठाउने गरी भागबण्डा भएकामा काँग्रेसभित्र पनि गुटगत भागबण्डा भएको हो । आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको १९ सिटमा चुनाव हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
-
नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’
-
रवि लामिछाने र छविलाल जोशीको निवेदनमा सुनुवाइ भएन
-
नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बढाउँछौँ : उद्योग मन्त्री