आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाद्वारा ४ नेतालाई निष्काशनको घोषणा

शुक्रबार, १६ पुस २०७८, १६ : ४९
शुक्रबार, १६ पुस २०७८

राप्रपाले पार्टीका ४ जिल्ला तहका नेतालाई निष्काशनको घोषणा गरेको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिस अनुसार अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो। 

पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले उनीहरुलाई निष्काशन गरिएको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप