पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
शुक्रबार, १६ पुस २०७८, १६ : ४१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको । त्यसका लागि राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले पुस २७ गते पर्ने पृथ्वी जयन्तीको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।
राप्रपाले पुस २७ गते सवै जिल्लाहरुमा सार्वजनिक स्थानमा नारा, जुलुस, सभाको आयोजना गरि मनाउने र काठमाण्डौ उपत्यकाको हकमा तिनै जिल्लाहरुका पार्टीका पदाधिकारी, सदस्य, समर्थक, शुभचिन्तक भृकुटीमण्डपमा भेला भएर सिंहदरबार स्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा सम्मान अर्पण गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण