आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन राप्रपाको माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

शुक्रबार, १६ पुस २०७८, १६ : ४१
शुक्रबार, १६ पुस २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको  । त्यसका लागि राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले पुस २७ गते पर्ने पृथ्वी जयन्तीको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । 

राप्रपाले पुस २७ गते सवै जिल्लाहरुमा सार्वजनिक स्थानमा नारा, जुलुस, सभाको आयोजना गरि मनाउने र काठमाण्डौ उपत्यकाको हकमा तिनै जिल्लाहरुका पार्टीका पदाधिकारी, सदस्य, समर्थक, शुभचिन्तक भृकुटीमण्डपमा भेला भएर सिंहदरबार स्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा सम्मान अर्पण गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप