राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष बनेपछि १४३ जना महत्वपूर्ण व्यक्तित्वहरु पार्टी प्रवेश
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन चयन भएपछि १४३ जना महत्वपूर्ण व्यक्तित्वहरु पार्टी प्रवेश गरेका छन् । सो पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिमा १४३ जना महत्वपूर्ण व्यक्तित्वहरु पार्टी प्रवेश गरेको जनकारी दिइएको हो ।
पार्टी प्रवेश गर्नेमा सामाजिक धार्मिक अभियन्ता अभिषेक जोशी, पूर्व बरिष्ठ प्रहरी उपरिक्षक दीपक रन्जित, कृषि उद्यमी तथा कृषि समूहका अध्यक्ष तेज बिक्रम थापा, बुद्ध धर्मका गुरु लाक्पा तामाङ, साधना कला केन्द्रका अध्यक्ष संगीतकार मिलन मोक्तान, धार्मिक, सामाजिक अभियन्ता अमर परियार, नेपालका लागि नेपाली पार्टीका केन्द्रीय सचिव सुर्दशन थापा, धार्मिक विभाग प्रमुख दीपक सुवेदी, महिला संगठन अध्यक्ष हुमा पाण्डे, शिव सेना नेपालका केन्द्रीय सदस्य कुमार बस्नेत, राष्ट्रवादी विकासशील अभियान नेपालका संयोजक कमलराज श्रेष्ठ लगायत रहेका छन् । पार्टी प्रवेश गरेका हरुलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने निर्णय शुक्रबारको पदाधिकारी बैठकले निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।
बैठकले स्थानीय तह निर्वाचन परिचालन समितिको सदस्यहरुमा प्राडा जयन्तनाथ खनाल, केन्द्रीय सदस्य डा राजेश गिरी र केन्द्रीय सदस्य आशा लामालाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण