शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयरबारे नेताहरूको अभिव्यक्ति : व्यवस्थाबाट लाभ, व्यवस्थाविरुद्ध अलाप !

मङ्गलबार, २८ मङ्सिर २०७८, १२ : १८
मङ्गलबार, २८ मङ्सिर २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बोलेको केही वाक्यले नेपालको सेयर बजारमा दुई दिनभित्रै १६८ अंक गिरावट भयो । सेयरमा लगानी गरेकाहरूले २४ घण्टाभित्रै कम्तिमा दुई खर्ब २६ अर्ब रुपैयाँ गुमाए । केही दिनभित्र ‘केही खास’ नभए प्रचण्डको यो अभिव्यक्तिले शेयर बजारमा नकारात्मक प्रभाव पारिरहनेछ, नेप्से सूचक ओरालो लाग्ने क्रम रोकिने सम्भावना देखिँदैन ।

पार्टी प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले भनेका थिए, ‘पहिलेपहिले पूँजीको लगानी उद्योग र उत्पादनमा हुन्थ्यो, त्यहाँबाट आउने नाफा पूँजीपतिहरूले लिन्थे । आजभोलि पूँजीको लगानी उत्पादनमा हुँदैन । पूँजीको लगानी पूँजीमै हुन्छ । यो वित्तीय पूँजीवादको मुख्य विशेषता भएर देखापर्‍यो । अहिले तपाईं हेर्नुभयो भने यो धितोपत्र बोर्ड, सट्टाबजार, आईएमएफ, विश्व बैंक, एसियाली बैंक, तपाईं हामीले हेर्दाखेरी यिनले पैसा जम्मा गरेर यताउता लगानी गर्दछन् भन्ने छ, तर होइन । यो साम्राज्यवादका विकसित रूपहरू हुन् । यो वित्तीय एकाधिकार पूँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडि बढाउने र नाफा सोहोरेर संसारका केही सीमित पूँजीपतिहरूको हातमा संसारकै धन एकट्ठा गर्ने र विश्वका अत्यधिक धेरै ८० प्रतिशत जनसंख्यालाई भोकोनाङ्गो राख्ने प्रणाली हो यो । सीधै पूँजीबाट पूँजी लिने ! पूँजीको लगानी अब उत्पादनमा हुँदैन । सट्टाबजारमा हुन्छ । धितोपत्रमा हुन्छ । यसको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्नुछ हामीले ।’

प्रचण्डको अभिव्यक्ति सो पार्टीका कार्यकर्ताहरूका लागि खास नौलो होइन । सामान्यतयाः साम्यवादको कुरा गर्ने कम्युनिष्टहरू परम्परागत पूँजीवादको विरोध गर्छन् नै ! नेपालका सबैजसो कम्युनिष्ट पार्टीका दस्तावेजहरूमा ‘भूमण्डलीकृत एकाधिकार पूँजीवाद’ जार्गन व्यवस्था विरोधको अस्त्र बनिरहेकै छ । तर, संसदीय व्यवस्था र त्यसको आर्थिक धरातल नवउदारवादी अर्थतन्त्रमै रमाउन थालेका कम्युनिष्टहरूको ‘कथनी र करनी’ फरक छ । अर्थात, सिद्धान्तमा जस्तो जलप लगाएपनि व्यवहारमा उनीहरूले आफूलाई प्रमाणित गर्न सकिरहेका छैनन् । प्रचण्डको अभिव्यक्ति फगत उही सैद्धान्तिक जार्गनको निरन्तरता थियो ।

सेयर बजारको इतिहास

प्रचण्डको अभिव्यक्तिले सेयरबजारमा पहिरो निम्त्याएको चर्चा गर्दैगर्दा यहाँनेर स्टक, शेयर वा इक्विटी मार्केटको इतिहासबारे जानकारी राख्नु सान्दर्भिक हुन्छ । संसारमा पूँजीवादी व्यवस्था विकास हुँदै गर्दा लगानी गर्ने एक माध्यमका रूपमा सेयर अवधारणा विकास भएको हो । शेयर किन्नुको अर्थ कुनै कम्पनीको केही हिस्सा स्वामित्व लिनु हो । यसरी स्वामित्व लिएको कम्पनी नाफामा जाँदा त्यसको निश्चित प्रतिशत नाफा लगानीकर्ताले पनि प्राप्त गर्छन् । घाटामा गएका बेला स्वतः ब्यहोर्नुपर्छ नै ।

https://www.britannica.com/

शेयरको आधिकारिक कारोबार भएको प्रमाणित इतिहास उति लामो भने छैन । जम्माजम्मी ४०० वर्षभित्रै यो प्रायः संसारभर नै लगानी उपकरणका रूपमा विकास भएको हो । सन् १६०० सम्म विश्वको पूर्ण नक्सा बनिसकेको थिएन । मानिसहरू लामो पैदलयात्रा र पानीजहाज प्रयोग गरी पृथ्वीका नयाँ ठाउँ खोजी अभियानमा थिए । त्यस्तो खोजीको मुख्य स्वार्थमा व्यापार नै थियो ।

त्यसताका आजको नेदरल्याण्डसमा एक डच इस्ट इन्डिया कम्पनी थियो, जसले पृथ्वीमा खोजी अभियानका लागि जहाज पठाउने गर्दथ्यो । पठाइएका जहाजले हजारौं किलोमिटर लामो दूरी छिचोल्नुपथ्र्यो । यसका लागि निकै धेरै रकम आवश्यक पथ्र्यो । त्यतिखेर कुनै एक व्यक्तिसँग यस्तो खर्चिलो काम गर्न पर्याप्त रकम हुँदैनथ्यो । रकम व्यवस्थापन गर्न यो कम्पनीले आम मानिसहरूलाई जहाजमा पैसा लगाउन आग्रह गर्‍यो । व्यापार वा खोजीका लागि पठाइएका जहाजमा ल्याइने सम्पत्तिको हिस्सा लगानीकर्तालाई पनि उपलब्ध गराउने आश्वासन सो कम्पनीले दियो ।

तर, लगानी गर्नु जोखिमपूर्ण थियो । किनकी, खोजी अभियानमा पठाइएकामध्ये कम्तिमा ५० प्रतिशत जहाज फिर्ता हुँदैनथ्यो । समुद्रको आँधीबेहरीमा फस्ने, हराउने या समुद्री डाँकुको लुटपाटमा पथ्र्यो । यही जोखिमका कारण डच कम्पनीले गरेको आह्वानलाई लगानीकर्ताहरूले सहजै स्वीकार्ने स्थिति बनेन । कुनै एक जहाजमा मात्रै पैसा लगाउँदा जहाजसँगै लगानी पनि डुब्थ्यो । यसको साटो एकैपटक धेरै जहाजमा लगानी गर्दा केही जहाज हराएपनि केही फिर्ता आउने र प्रतिफल पाउने सम्भावना रहन्थ्यो ।

त्यसैले, कुनै एक जहाज मालिकले धेरै लगानीकर्ताकहाँ पुगेर रकम संकलन गर्थे । मानिसहरूले पनि जहाजमा रकम लगानी गर्न थाले । हिस्सेदारी अर्थात सेयर मार्केट आधिकारिक ढंगले सोही समयदेखि शुरू भयो । यो काम निकै सफल पनि भयो । रकम अभाव खेपेका जहाज कम्पनीको समस्या रकम दिएर आम मानिसहरूले पूरा गरिदिन्थे । यसरी रकम दिएका मानिसहरूले गुणात्मक प्रतिफल हात पार्थे । बेलायतको इष्ट इन्डिया कम्पनी र डच इष्ट इन्डिया कम्पनी यही माध्यमबाट त्यतिखेर निकै समृद्ध र बलशाली बनेका थिए । सेयर लगानी गर्ने प्रकृया थालिएको ४०० वर्ष नाघ्दैगर्दा अहिले विश्वका अधिकांश देशसँग धितोपत्र कारोबार गर्ने कम्पनी छ । यस्ता कम्पनीहरूमा मानिसहरूले सेयर खरिद र बिक्री गर्छन् ।

व्यवस्थाबाट लाभ, व्यवस्थाविरुद्ध नै अलाप !

प्रचण्ड साम्यवादी दर्शन/सिद्धान्तबाट प्रभावित भइ जनयुद्ध हाँकेका नेता हुन् ।  जनयुद्ध मुख्यतः सर्वहारा, गरीब, विपन्न र सीमान्तकृत जनताको मुक्तिका लागि भन्दै उठेको थियो । २०५२ फागुन १ गतेबाट शुरू जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण मूलधारमा अवतरण भयो । माओवादीको साम्यवादी आकांक्षा खिचातानीयुक्त संसदीय राजनीतिको कूटिलतामा लर्खरायो । नेपालको यो संसदीय राजनीति ः जसले पूँजीवादको पनि उदारीकरणजस्तो गैरसाम्यवादी चरित्रलाई अपनाएको छ ।

माओवादीहरू मूलधारको राजनीतिमा आएपछि काठमाडौंमा जग्गाको भाउ निकै बढ्यो । जग्गा खरिदबिक्रीमा माओवादीहरूले पूर्णतः अलग रहेनन् । माओवादीहरूकै भाषामा ‘दलाल पूँजीवादीहरू’ सो पार्टीको रिङभित्र अटाए । २०६४ मा भएको संविधानसभा निर्वाचनमार्फत पहिलो शक्ति हुँदा पूँजीको बलमा सो सत्ता वैधताबाट फाइदा लिन कति स्वार्थसमूहहरू माओवादीको नजिक आए र शक्ति क्षीण हुँदा दुर्गा प्रसाईंजस्ता मेडिकल व्यापारीहरूले कसरी माओवादी त्यागे, जगजाहेर छ ।

त्यसयता प्रचण्ड दुईपटक देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) भए । धेरै संख्यामा रहेका सामान्य कार्यकर्ता बाहेक अग्रपंक्तिमा रहेका माओवादीका नेता/कार्यकर्तालाई यही उदारवादी अर्थव्यवस्थाबाट लाभ नमिलेको सायदै छ । प्रचण्डको स्थिति पनि त्यही हो । किनकी, उदार अर्थव्यवस्थाको जगमा उभिएको संसदीय व्यवस्थाबाटै उनी दुईपटक प्रधानमन्त्री बनेका हुन् । भलै, माओवादीकै जोडबलमा संविधानको प्रस्तावनामा ‘समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण’ वाक्यांश परेको छ ।

लामो समय सरकारी कर्मचारी रहेका, राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका ‘टेक्नोक्य्राट’ डा. युवराज खतिवडाको यस्तै अभिव्यक्ति चाहिँ आश्चर्यजनक थियो । एमालेमा प्रवेश गरी अर्थमन्त्री नियुक्त भएका खतिवडा यति क्रान्तिकारी भैदिए कि पूँजीबजारमा लगानी गर्नेहरूले ‘आफू नेपालमै छु या उत्तर कोरियामा’ भनेजस्तो महसुस गरे ।

अब अलापको कुरा गरौं । अलापको अर्थ हो बिलौना । जुन राजनीतिक शक्तिले वर्तमान राजनीतिक/आर्थिक व्यवस्थालाई आत्मसाथ गरिसकेको छ, त्यो शक्तिले पार्टीका कार्यकर्ताको भेला या सम्मेलनमा कस्ता सैद्धान्तिक मन्थन गर्छ भन्ने व्यहोराले खास अर्थ राख्दैन । किनकी, शासनको राजनीतिक र प्रशासनिक संरचनाले शासन व्यवस्थाका लाभहरू सृजना गराउँछ । अर्थात, मौजुदा व्यवस्थामा अभ्यस्त भइसकेको राजनीतिक शक्तिले न क्षणभरमै आफूले शुरूमा डिस्कोर्स गराएको सिद्धान्तअनुसार व्यवस्था बदल्नसक्छ, न त अलाप गर्दा व्यवस्था बदलिन्छ ।​


माओवादीहरू मूलधारको राजनीतिमा आएपछि काठमाडौंमा जग्गाको भाउ निकै बढ्यो । जग्गा खरिदबिक्रीमा माओवादीहरूले पूर्णतः अलग रहेनन् । माओवादीहरूकै भाषामा ‘दलाल पूँजीवादीहरू’ सो पार्टीको रिङभित्र अटाए । २०६४ मा भएको संविधानसभा निर्वाचनमार्फत पहिलो शक्ति हुँदा पूँजीको बलमा सो सत्ता वैधताबाट फाइदा लिन कति स्वार्थसमूहहरू माओवादीको नजिक आए र शक्ति क्षीण हुँदा दुर्गा प्रसाईंजस्ता मेडिकल व्यापारीहरूले कसरी माओवादी त्यागे, जगजाहेर छ । प्रचण्डले सैद्धान्तिक अलाप गर्दा आत्तिएका सेयर लगानीकर्ताहरू माओवादीले गरिरहेको राजनीतिक अभ्यासबारे जानकार छैनन् र ती प्रचण्डले उल्लेख गरेझैं पूँजीबजारबाट नाफा सोहोर्ने ध्याउन्नमा मात्रै लागेका छन् भन्ने पुष्टि गर्न बल मिलेको छ ।

प्रचण्ड सैद्धान्तिक रूपमा गलत छैनन् । अहिले संसारको धेरै सम्पत्ति सीमित पूँजीपतिहरूकै हातमा एकट्ठा छ । उनीहरूले विश्वको सम्पत्ति केन्द्रिकरण गर्ने एक बलियो माध्यम सेयरबजार नै हो । यहाँनेर प्रचण्डले भनेजस्तै पैसा लगानी गरी उत्पादन बढाएरै उनीहरूले अथाह सम्पत्ति जम्मा पार्न सकेका होइनन् । सेयरबजार पूँजी एकत्रित गर्ने गजबको माध्यम बनेको छ उनीहरूका लागि ।

प्रचण्डले गलत नै बोलेका हुन् त ?

पहिलो–यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने, व्यवहार अर्कै भएपनि पार्टीलाई ओढाइराखेको सिद्धान्तको बर्को फाल्न प्रचण्डलाई मुस्किल छ । नेकपा (एमाले) वा अरू कम्युनिष्ट शीर्षकधारी पार्टीहरूको हालत त यो भन्दा पनि नाजुक छ । किनकी, प्रचण्डले कम्तिमा भाषणमै भएपनि प्रगतशील पूँजीवादी या समाजवादी अर्थव्यवस्थाको कुरा गरिरहेका छन् । संसदीय राजनीतिमा या परम्परा/संस्कारका रूपमा बलजफ्ती कम्युनिष्ट देखिइन अभ्यास गरिरहेका अरू दलहरूको ‘कथनी र करनी’ ले माओवादीलाई माथ गरिरहेको छ ।


संसदको ठूलो पार्टी नेकपा (एमाले) कै विगत हेरौं । निकटका सीमित मानिस या व्यापारिक समूहलाई सम्पन्न बनाएर स्वार्थ लिने आसेपासे पूँजीवादको चरम अभ्यास केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेकै हो । ओम्नी समूहदेखि यति समूहसम्म एमालेको रुझान गजबकै छ । तर, सो पार्टीको राजनीति या आर्थिक दस्तावेजमा अर्थतन्त्रबारे ‘क्रान्तिकारी जार्गन’ जताततै भेटिइन्छ ।

दोस्रो–प्रचण्ड सैद्धान्तिक रूपमा गलत छैनन् । अहिले संसारको धेरै सम्पत्ति सीमित पूँजीपतिहरूकै हातमा एकट्ठा छ । उनीहरूले विश्वको सम्पत्ति केन्द्रिकरण गर्ने एक बलियो माध्यम सेयरबजार नै हो । यहाँनेर प्रचण्डले भनेजस्तै पैसा लगानी गरी उत्पादन बढाएरै उनीहरूले अथाह सम्पत्ति जम्मा पार्न सकेका होइनन् । सेयरबजार पूँजी एकत्रित गर्ने गजबको माध्यम बनेको छ उनीहरूका लागि ।

माओवादीकै नेता जनार्दन शर्मा ‘प्रभाकर’ हालका अर्थमन्त्री हुन् । शर्माले पनि ‘सेयर बजार हावा भरिएको बेलुनजस्तो’ भनिदिए । पछिल्लो समय भने पूँजीबजारका लगानीकर्ताको हितका लागि आफूले सक्दो गर्ने उनले बताउने गरेका छन् ।

विश्वमा सम्पत्तिको वितरण कसरी असमान ढंगले भएको छ भन्ने चित्रण पूँजीवादी देशबाटै गरिएका अनुसन्धानहरूले पनि पुष्टि गरेका छन् । स्वीस बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी क्रेडिट सुसीको ‘ग्लोबल वेल्थ’ डाटाबुक २०२१ यसैको उदाहरण हो । डाटाबुक अनुसार सन् २०२० मा विश्वको सम्पत्ति ४१ नील ८३ खर्ब अमेरिकी डलर (४१८.३ ट्रिलियन डलर) पुगेको थियो । यसमध्ये ४५.८ प्रतिशत सम्पत्ति संसारको जनसंख्याको १.१ प्रतिशतको मुट्ठीमा छ । ३९.१ प्रतिशत सम्पत्ति ११.१ प्रतिशत मानिसको नियन्त्रणमा छ भने १३.७ प्रतिशत सम्पत्ति ३२.८ प्रतिशत मानिससँग छ । विश्वका ५५ प्रतिशत मानिससँग त विश्वको कूल सम्पत्तिको जम्मा १.३ प्रतिशतमात्रै छ । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कको सम्पत्ति नै नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा झण्डै १० गुणा बढी छ ।

नेपालमा पनि केही व्यापारिक घराना र व्यक्तिहरूको वैध र अवैध माध्यमबाट शुद्धीकरण गरिएको सम्पत्ति अथाह छ । राजनीतिक दलहरूले चुनावमार्फत प्राप्त गरेको सत्ता वैधता आफ्नो स्वार्थ पूरा गराउन सीमित व्यापारीलाई पोस्ने भर्‍याङ बनाइरहेकै छन् । ती व्यक्तिहरूले कहिले सेयर बजारको नियामककै धज्जी उडाएका छन् त कहिले सम्पत्ति शुद्धीकरणमार्फत राज्य संयन्त्रलाई नै बेवकुफ । नियामक निकायमै पुगेर सेयरको भित्री कारोबारमा संलग्न भएका व्यापारी र स्वार्थसमूहहरू, सूचना प्रविधिको अस्त्रबाट पूँजीबजारलाई नियन्त्रणमा लिन खोजिरहेका व्यापारीहरू, सेयर बजारमा चलखेल गर्न दल या नेतालाई अर्बौं रुपैयाँ बुझाएर वित्तीय संस्थाको लाइसेन्स लिएका/लिन खोजेकाहरूको अस्वाभाविक आर्थिक हैसियत यही स्थितिको प्रमाण हो ।

यस अर्थमा प्रचण्डको अभिव्यक्तिमा सैद्धान्तिक विमति राख्ने कुनै ठाउँ छैन । नेपालको पूँजीबजार धनीहरूले अनेक हत्कन्डा अपनाएर थप धन सोहोर्ने थलो बनिरहेको छ । तर, त्यस्ता धनीहरूलाई प्रचण्डहरूले पनि प्रश्रय दिएका हुन्/होइनन् भन्ने बुझ्दा प्रचण्डको बोलीकै कारण पूँजीबजारमा आत्तिनुपर्ने हो/होइन, निर्क्यौल गर्न सकिन्छ । प्रचण्डले सेयरबजार गिर्नेगरी अभिव्यक्ति दिएपनि सोही पार्टीका हजारौं नेता/कार्यकर्ताहरू लाभको यो खेलमा सामेल छन् भन्ने पनि भुल्नु हुँदैन । उही, निजीकरणको धुरन्धर विरोध गरेर निजी विद्यालय र हस्पिटलहरूमा लगानी गर्ने एमालेका नेता/कार्यकर्ताको ‘कथनी र करनी’ जस्तै ।

असली कम्युनिष्ट बन्न प्रतिष्पर्धा !

व्यवहार फरक भएपनि आफूलाई ‘असली कम्युनिष्ट’ देखाउन कम्युनिष्ट नेताहरूबीच निकै प्रतिष्पर्धा हुँदोरहेछ । अहिले त प्रचण्ड सेयर खेलाडीहरूको तारोमा परे । तर, यो शिलशिला धेरै अघिदेखिकै हो । अर्थमन्त्रीको कार्यभार सम्हाल्दा डा. बाबुराम भट्टराईले सेयरबजारलाई ‘जुवाघर’ संज्ञा दिएका थिए । आलोचना खेप्न नसकेपछि उनले आफ्नो सफाइ पेश गरेका थिए ।

नेपालको सेयरबजार सीमित व्यक्तिको नियन्त्रणमा छ । अर्थात, उनीहरूले बढाउन चाहँदा बजार बढ्छ र घटाउन चाहँदा घट्छ । यतिखेर भने सेयरबजारको निरन्तर बियरिस ट्रेन्डलाई थेग्न यी व्यक्तिहरू पनि असफल छन् ।

डा. भट्टराई त राजनीतिज्ञ थिए । जनयुद्धको रापतापबाट आएका, पूँजीवादी अर्थव्यवस्थाका कमजोरी राम्रैसँग खोतलेका र राष्ट्रिय पूँजीपति वर्गको उत्थान हुनुपर्छ भनी लागेका भट्टराईको अभिव्यक्ति खास नौलो थिएन । तर, लामो समय सरकारी कर्मचारी रहेका, राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका ‘टेक्नोक्य्राट’ डा. युवराज खतिवडाको यस्तै अभिव्यक्ति चाहिँ आश्चर्यजनक थियो । एमालेमा प्रवेश गरी अर्थमन्त्री नियुक्त भएका खतिवडा यति क्रान्तिकारी भैदिए कि पूँजीबजारमा लगानी गर्नेहरूले ‘आफू नेपालमै छु या उत्तर कोरियामा’ भनेजस्तो महसुस गरे । अर्थमन्त्री नियुक्त हुनासाथ खतिवडाले बैंक/वित्तीय संस्थाले शेयर धितोमा दिने कर्जा (मार्जिन ल्यान्डिङ) अनुत्पादक लगानी भएको बताइदिए । २०७४ चैत्र १७ गते जारी गरेको स्वेतपत्रमा त उनले नेपालको पूँजीबजार ‘सतही र संकुचित’ भएको लेख्नसम्म भ्याए । खतिवडाले दिएको अभिव्यक्तिकै कारण २२ दिनमै नेपालको पूँजीबजारबाट दुई खर्ब रुपैयाँ गुम्यो ।

माओवादीकै नेता जनार्दन शर्मा ‘प्रभाकर’ हालका अर्थमन्त्री हुन् । शर्माले पनि ‘सेयर बजार हावा भरिएको बेलुनजस्तो’ भनिदिए । पछिल्लो समय भने पूँजीबजारका लगानीकर्ताको हितका लागि आफूले सक्दो गर्ने उनले बताउने गरेका छन् ।

लगानीकर्ता उस्तै

जानकारहरू भन्छन् : नेपालको सेयरबजार सीमित व्यक्तिको नियन्त्रणमा छ । अर्थात, उनीहरूले बढाउन चाहँदा बजार बढ्छ र घटाउन चाहँदा घट्छ । यतिखेर भने सेयरबजारको निरन्तर बियरिस ट्रेन्डलाई थेग्न यी व्यक्तिहरू पनि असफल छन् ।

यसअघि रहेको सेयरबाट नाफा बुक गरेपनि सेयरबजारमै खेल्न अभ्यस्त भएकाहरूलाई बजार लामो समयसम्म गिर्दो क्रममा रहँदा छट्पटि हुन्छ नै ! भदौ २ गते तीन हजार १९८ अंकमा पुगेको नेप्से मंसिर २७ गते दुई हजार १८१ अंकमा गिरेको छ ।

लगानीकर्ता (इन्भेष्टर) लाई आवधिक उतारचढावले मनोवैज्ञानिक असरमात्रै पारेपनि कारोबारी (ट्रेडर) लाई भने रक्तचाप नियन्त्रण गर्ने औषधि खानुपर्ने अवस्थामा पुर्‍याइदिन्छ । त्यसमाथि तरलता संकुचन समस्या अझै विस्तार हुने अवस्था छ । बैंकबाट करोडौं रकम झिकेर सेयरबजारमा लगानी गरी नाफा निकाल्ने खेलमा लागेकाहरूलाई मौद्रिक नीतिको व्यवस्था ‘शिरमाथिको तरबार’जस्तो भएको छ ।

यहाँनेर, बजारबारे आधारभूत जानकारी पनि नराखी लहलहैमा लगानी गर्ने साना लगानीकर्ताहरू यतिखेर मुख्य समस्यामा परेका छन् । उनीहरूले गाँस कटाएर, गोजी टक्टक्याएर केही हजार वा केही लाख रुपैयाँ रकम प्राथमिक निष्काशन (आईपीओ) या दोस्रो बजारको सेयरमा लगाएका छन् । हितग्राही खाता (डिम्याट) धारी करिब ५० लाखमध्ये अधिकांशसँग आईपीओ छ । बजार घट्दो छ । आफूले किनेको मूल्य पनि ओह्रालोतर्फ छ । ठूला लगानीकर्ताहरू साना लगानीकर्ताहरूलाई आफ्नो इशारामा नचाउन सामाजिक सञ्जालमा अनेक हल्ला चलाउँछन् । इन्स्टाग्रामदेखि क्लबहाउसम्म साना लगानीकर्ता फसाउन त्यस्ता सूचना प्रवाह हुने गरेका छन् । बजार बुझेर लगानी गर्नुको साटो हल्लाका भरमा गोजी रित्याउनुको परिणाम साना लगानीकर्ताले अहिले भोग्दैछन् ।

नेताहरूका हकमा–खाना खाइरहेको थालमा थुक्नु हुँदैन । पूरानो थालमा थुक्ने हो भने नयाँ थाल ल्याउनुपर्छ अर्थात व्यवस्था नै परिवर्तन गर्ने हिम्मत राख्नुपर्छ । नत्र, व्यवहारमा पूँजीवादको चरम विकृत अभ्यास गर्ने र सेयरमा लगानी गरेका नागरिकलाई बिल्लीवाठ बनाउन सैद्धान्तिक रटान लगाउने कर्म ‘ व्यवस्थाबाट लाभ, व्यवस्थाविरुद्ध अलाप’ मात्रै हुनेछ ।

अब के गर्ने ?

लगानीकर्ता (इन्भेस्टर) का हकमा अपर्झट रकम चाहिएको र सेयर नै अन्तिम विकल्प भएको अवस्थामा बाहेक बियरिस खासै ठूलो टाउको दुखाइको विषय होइन । तर, ट्रेडिङमा लागेका ठूला साना जो हुन्, ती सबैमा सेयरको खेलाडी बन्ने महत्वाकांक्षा लाग्छ नै । उनीहरूले यसबीच गुमाएको रकम न सरकारी ढुकुटीबाट झिकेर दिन सकिन्छ, न अन्य कुनै स्रोत व्यवस्था गर्न नै ।

अहिले सेयरबजारमा ठूला लगानीकर्ताले फैलाएको हल्लाका पछि लागेका साना लगानीकर्तालाई जोगाउनु सरकारको दायित्व हुन आउँछ । तर, जोखिम र लाभ दुवै सहन तत्पर भएरै सेयरमा लगानी गरिने हुनाले उनीहरूका हकमा के गर्ने भन्नेबारे सरकारले गम्भीरतापूर्वक सोच्नुपर्छ ।  अर्थतन्त्रका अन्य क्षेत्रमा असर नपर्नेगरी बजारलाई लयमा फर्काउन आवश्यक निर्णय गर्नु नै सरकारको बुद्धिमता हुनेछ ।

लगानीकर्ताका हकमा–अहिले ठाउँठाउँमा सेयर कारोबारबारे सिकाउने तालिम केन्द्रहरू छन् । एक सातामात्रै तालिम लिएपनि सेयरबजारमा लगानी जोखिम कम गर्ने आधारभूत ज्ञान प्राप्त हुन्छ । सेयरबारे आवश्यक ज्ञान लिएर मात्रै बजारमा प्रवेश गर्नु साना लगानीकर्ताको बुद्धिमता हुनेछ । नत्र, नेताहरूको भाषण र टिकटकदेखि क्लबहाउसम्मका गलत हल्लीखल्लीले लगानीकर्तालाई गल्लीमा सुत्नुपर्ने स्थिति निम्त्याउनुपर्छ ।

नेताहरूका हकमा–खाना खाइरहेको थालमा थुक्नु हुँदैन । पूरानो थालमा थुक्ने हो भने नयाँ थाल ल्याउनुपर्छ अर्थात व्यवस्था नै परिवर्तन गर्ने हिम्मत राख्नुपर्छ । नत्र, व्यवहारमा पूँजीवादको चरम विकृत अभ्यास गर्ने र सेयरमा लगानी गरेका नागरिकलाई बिल्लीवाठ बनाउन सैद्धान्तिक रटान लगाउने कर्म ‘ व्यवस्थाबाट लाभ, व्यवस्थाविरुद्ध अलाप’ मात्रै हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय देवकोटा
विजय देवकोटा
लेखकबाट थप