
उम्मेदवार छनोट गर्न देउवा र पौडेल समूह छुट्टाछुट्टै छलफलमा

नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह उम्मेदवार छनोटका लागि छुट्टाछुट्टै छलफलमा छ । विहान ९ बजेपछि देउवा समूहको बैठक बूढानीलकण्ठमा जारी छ भने वरिष्ठ नेता पौडेल पक्ष बत्तीसपुतलीमा बसिरहेको छ । देउवाले आफू पक्षीय बैठकमा पदाधिकारीका उम्मेदवार र महाधिवेशनको रणनीतिका विषयमा छलफल गरिरहेका छन् ।
देउवा सभापतिमा दोहोरिने भएकाले उनको पक्षमा पदाधिकारी छनोटका विषयमा छलफल केन्द्रित छ । देउवाले केन्द्रीय सदस्यसँग छलफल गरिरहेका छन् ।
पौडेल पक्षमा भने सभापतिमा साझा उम्मेदवारी चयन गर्नै सकस परेको छ । आफू पक्षीय केन्द्रीय सदस्य, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासी, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिसँग परामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने पौडेल समूहमा छलफलमा छ ।
वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले साझा उम्मेदवार बन्ने अवस्थामा सभापतिको दाबी छोड्ने बताएका छन् भने नेता प्रकाशमान सिंह र शेखर कोइराला आफू बाहेकको हकमा सहमति गर्ने पक्षमा देखिएका छैनन् ।
![]() | सभापतिको साझा उम्मेदवारसहित टीम बनाउन पौडेल समूहको बैठक, पदाधिकारीमा को-को छन् आकांक्षी ? |
काँग्रेसले काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म महाधिवेशन गर्दैछ । महाधिवेशनका मतदाता (महाधिवेशन प्रतिनिधि)को इन्ट्री भने २१ गतेबाटै सुरु भएको काँग्रेस निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म काँग्रेसले ४ हजार ३१९ महाधिवेशन प्रतिनिधिको जनाको नाम इन्ट्री गरेको छ ।
मतदाता नामावली प्रकाशन भने मंसिर २४ गते विहान १० बजे हुने छ । मंसिर २५ गते विहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ । मनोनयन पत्रमाथि पर्ने दाबी विरोध, दर्ता गर्ने र जाँचबुझ गर्ने समय मंसिर २६ गते विहान ८ बजेदेखि १० बजेसम्म रहेको छ । त्यस उपरको निर्णय मंसिर २६ गते विहान १० बजेदेखि १२ बजेसम्म रहेको छ ।
उम्मेदवारको नामावली प्रकाशन गर्ने समय सोही दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म रहेको छ । मनोनयन फिर्ता लिने समय २६ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म राखिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोही दिन अपरान्ह ५ बजेसम्म छ । मतदानको समय २७ गते विहान ८ बजेबाट सुरु हुने छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ