पदाधिकारीका उम्मेदवार छान्न देउवाले बोलाए बैठक, यी हुन् आकांक्षी
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । देउवाले बुधबार विहान ९ आफ्नो निजी निवास बूढानीलकण्ठमा पदाधिकारीका उम्मेदवार छान्न बैठक बोलाएका हुन् ।
काँग्रेस सहमहामन्त्री प्रकाशशरण महलका अनुसार १४ औं महाधिवेशनमा संस्थापन पक्षको प्यानल निर्माणका विषयमा छलफल हुनेछ । सभापतिमा देउवाले उम्मेदवारी दिने निश्चित छ भने सभापतिपछि दोस्रो पद (दुईजना उपसभापति) मा चारजनाको दाबी छ ।
वर्तमान उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का उपसभापतिका मुख्य दाबेदारी मानिएका छन् । देउवा टिमबाट महामन्त्रीमा वर्तमान सहमहामन्त्री प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेताहरु एनपी साउद, रमेश लेखक र प्रवक्ता विश्वप्रकाश शर्माको दाबी छ ।
महामन्त्रीबाट रिङआउट भएको अवस्थामा महामन्त्रीका दाबेदारहरु खसआर्यको सहमहामन्त्रीमा झर्न सक्ने काँग्रेसवृत्तमा चर्चा छ । देउवा टिमबाट खसआर्यतर्फको सहमहामन्त्रीमा मोहन बस्नेत, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराईलगायतको पनि दाबी छ ।
दलिततर्फको देउवा समूहबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार सहमहामन्त्रीका दाबेदार हुन् । प्रमुख दाबेदार भने मानबहादुर र मीनबहादुर नै हुन् ।
यस्तै मुस्लिम कोटाको सहमहामन्त्रीमा देउवा समूहबाट केन्द्रीय सदस्यहरु फर्मूल्लाह मन्सुर र अत्तहर कमाल मुसलमानबीच हानथाप छ । महिलातर्फको सहमहामन्त्रीमा देउवा समूहबाट धेरै दाबेदार देखिएका छन् ।
चित्रलेखा यादव, पुष्पा भुसाल, डीना उपाध्याय, डा। डिला संग्रौला, ईश्वरी न्यौपाने र अम्बिका बस्नेत लगायतको नाम सहमहामन्त्रीका रूपमा चर्चामा छ । यसैगरी आदिवासी जनजातिको कोटाबाट हुने सहमहामन्त्री पदमा देउवा समूहबाट भीष्मराज आङ्देम्बे, चीनकाजी श्रेष्ठ र बहादुर लामा प्रमुख दाबेदार हुन् ।
मधेसीफतर्फ सहमहामन्त्री छनोट गर्न पनि देउवालाई सकस छ । देउवा समूहबाट महेन्द्र यादव, अजय चौरासिया, महेश चौरसिया, जंगीलाल राय र रामसरोज यादवलाई सहमहामन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको छ ।
यस्तै थारु सहमहामन्त्रीमा देउवा समूहबाट रामजनम चौधरी र योगेन्द्र चौधरीको नाम चर्चामा छ भने पिछडिएको क्षेत्रबाट चुनिने एकजना सहमहामन्त्रीका लागि देउवा समूहबाट केन्द्रीय सदस्य जीवनबहादुर शाही र पूर्वसांसद राजीवविक्रम शाहीको दाबी छ । हुम्लाका जीवन र जाजरकोटका राजीवमध्येबाट एक जना देउवा पक्षबाट सहमहामन्त्रीको उम्मेदवार हुने पक्का जस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री