राजेन्द्र लिङ्देनलाई कमल थापाको जवाफ : नयाँ पुरानो भनेर विभाजनको रेखा कोर्न हुन्न

राप्रपा अध्यक्ष कमल थापाले नयाँ र पुरानो पुस्ताको भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने बताएका छन् । पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्न नहुने बताएका हुन् ।
यसअघि सम्बोधनका क्रममा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पार्टीमा युवापुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै पुराना पुस्ताका नेताहरुले अभिभावकीय भूमिकामा रहने धारणा राखेका थिए । तर, लिङ्देनलाई जवाफ फर्काउँदै थापाले भने, ‘केन्द्रीय नेतृत्व सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्छ । सहमति हुन सकेन भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा सबैले गर्नुपर्छ । हामीले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्नु हुन्न । पार्टीमा स्थापनाकालदेखि रगत र पसिना बगाएका नेताहरु सबै जिवित हुनुहुन्छ ।’
उनले यो एकताको अन्तिम महाधिवेशन हुने भन्दै एकता महाधिवेशनबाट पार्टी आफूहरुले कहिल्यै पार्टी नफुटाउने भनेर संकल्प गरेको त्यो सन्देश देशभरका कार्यकर्तामा पुर्याउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु