राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बोल्दा कार्यकर्ताको हुटिङ
बुधबार, १५ मङ्सिर २०७८, १३ : १८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तरगत राजधानीमा सुरु भएको उद्घाटन सत्रमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन बोल्दा कार्यकर्ताहरूले उनको समर्थनमा हुटिङ गरेका छन् ।
कार्यकर्ताहरूले राजेन्द्रको पक्षमा चर्को हुटिङ गर्दै स्वागत गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राप्रपाको मुद्दा अहिले सडकमा लोकप्रिय बनिरहेको बताए । तर सोही एजेण्डा बोकेको पार्टीको अवस्था भने कमजोर रहेको बताउँदै उनले पार्टीलाई पुनः गति दिन जरुरी रहेको बताए ।
आजदेखि सुरु भएको राप्रपाको महाधिवेशन मंसिर १७ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । राप्रपाको नेतृत्वको दौडमा लिङ्देन र कमल थापा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिडियो विवादित भएपछि सुरवीरले मागे माफी
-
कान्सको मार्केटमा नेपाली फिल्म ‘एक्लो’
-
५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा
-
दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत
-
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने