राप्रपाका महाधिवेशन प्रतिनिधिलाई राजेन्द्र लिङ्देनको प्रश्न– जीवन रोज्ने कि मृत्यु रोज्ने ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले महाधिवेशन प्रतिनिधिलाई जीवन रोज्ने कि मृत्यु रोज्ने भन्ने प्रश्न गरेका छन् । उनले पार्टी एकतापछिको विगत दुई वर्षको कार्यशैली र गतिविधि हेर्दा राप्रपाले केही मन्त्री बनाउने र कुनै दलको पछि लाग्न सक्ने सम्भावना भए पनि राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र बनाउने हैसियत हासिल गर्न नसक्ने दाबी गरे ।
पार्टीको महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले यतिबेला पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमा उभिएको बताए । यसअघिको महाधिवेशनमा नेपालका तीन ठुला पार्टी एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीका बीचमा राप्रपाको प्रशंसा गर्नमा प्रतिस्पर्धा चलेको पनि उनले स्मरण गराए ।
उनले भने, ‘राप्रपा नयाँ शक्तिको रुपमा उदय र विकास भइरहेको छ भनेर उहाँहरुको सम्बोधनबाट व्यक्त भइरहेको थियो । तर लामो समय राप्रपाको त्यो एकता टिक्न सकेन । आज यहाँ आइपुग्दा राप्रपा देशको राष्ट्रिय मान्यता प्राप्त पार्टी पनि बन्न सकेन ।’
उनले राप्रपाको मुद्दा सडकमा सर्वाधिक लोकप्रिय बनेको, मानिसहरु हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा रहेको तर यसका बाबजुद राप्रपा कहाँ छ भनेर प्रश्नसमेत गरे । ‘एकीकरणको दुई वर्ष राप्रपाको गतिविधि शून्य भयो । राष्ट्रिय राजनीतिबाट बेपत्ता भएजस्तो छ,’ उनले भने, ‘दुई वर्ष पार्टीको गति, चल्ने शैली हेर्दा यही ढंगले अघि बढ्दा के हुन्छ भन्ने सबैलाई थाहा छ ।’ उनले एक पटक पार्टीको कार्यकारिणी भूमिका फेर्नुपर्ने जरुरी भएको भन्दै पार्टीका अग्रजहरुलाई परिवर्तनको पक्षमा उभिन आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु