शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीको प्यानलमा नपरेका उम्मेदवारको आक्रोश

मङ्गलबार, १४ मङ्सिर २०७८, ०८ : ०२
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेका केन्द्रीय सदस्य पदका उम्मेदवार नरबहादुर बिकले केपी ओली पक्षले प्यानलसहितको पर्चा वितरण गरेकोमा आक्रोश व्यक्त गरेका छन् । बन्दसत्रमा ओलीले घोषणा गरेको ३०१ जनाको सूचीमा नपरेका उम्मेदवारलाई अपमान गरिएको भन्दै उनले प्यानलको प्रचार भएकोमा आक्रोश व्यक्त गरे । 

उनले भने, ‘पर्चा अध्यक्ष केपी ओली समूह भनेर वा ३०१ जना भनेर घोषणा भएका थिए, त्यो ३०१ जना मान्छेहरुलाई मात्रै मत हाल्ने र बाँकीलाई कट गरिएको  छ । तपाईंहरु ३०१ भित्र हो ? भनेर सोध्ने अनि नभएकालाई तपाईँले भोट पाइँदैन भन्ने ? ’ बिक दलित तर्फको केन्द्रीय सदस्यको उम्मेदवार हुन् भने ओलीको ३०१ को सूचीमा परेका थिएनन् । 

अध्यक्ष ओली समूहले भोट नहाल्ने सूची भनेर महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको थियो । जसमा ३०१ को सूची भन्दा बाहिरकालाई भोट नहाल्न भनिएको छ ।

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप