
महाधिवेशनमा मतदान : आधा प्रतिनिधिले भोट हाले, १०ः३० बजेभित्र सम्पन्न हुने अनुमान

नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले मंगलबार बिहानमात्र सुरु भएको हो । विद्युतीय मेसिनबाट मतदान हुँदैछ ।
केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार बिहान ७ः४५ बजेसम्म कूल महाधिवेशन प्रतिनिधिमध्ये आधाले मत खसालिसकेका छन् ।
साढे १०ः३० बजेभित्र मतदान सम्पन्न हुने आयोगको अनुमान छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।
अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टिम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टङ्क कार्कीले उम्मेदवारी दिएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ