शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओली पक्षले बाँड्दै 'भोट नहाल्ने सूची'

मङ्गलबार, १४ मङ्सिर २०७८, ०६ : ३५
मङ्गलबार, १४ मङ्सिर २०७८

होटल सेभेनस्टार परिसरमा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् । कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले वितरण गरेको हो । यसअघि एमालेले महाधिवेशन प्यानल नबनाउने घोषणा गरेको थियो ।

आफ्नो विपक्षी खेमामा रहेका भीम रावल र यसअघि ओलीले बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भाट हाल्ने गरी ओली पक्षले सूची महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको हो । एमालेको नयाँ नेतृत्वको दौडमा केपी ओली र भीम रावल रहेका छन् भने पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको केही पदमा पनि निर्वाचन भइरहेको छ।

 

अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् । 

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप