धितोपत्र बोर्डको अध्यक्ष पदमा दोस्रो आवेदन आह्वान गर्ने तयारीमा सरकार
बिहीबार, ०९ मङ्सिर २०७८, १६ : २३
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नका लागि दोस्रोपटक सिफरिस समिति बनाउने भएको छ । यसअघि बनाएको समिति विवादित बनेपछि सरकारले दोस्रोपटक समिति बनाउने भएको हो ।
अध्यक्ष छनौट सिफारिस समिति संयोजक तथा योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल थिए । यसअघिको आवेदन विवादित बनेपछि फेरि आवेदन दिनुपर्ने भएको छ ।
यसअघि ११ जनाले बोर्डको अध्यक्ष बन्न आवेदन दिएका थिए । आवेदन दिएकामध्ये केही आवेदकले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर छनौट समितिमाथि कानूनी प्रश्न उठ्न सक्ने भन्दै सचेत गराएका थिए । यसपटक भने मन्त्रिपरिषद्को बैठकले नै छनौट समिति गठन गर्ने बताइएको छ । समिति बनेपछि बोर्डको अध्यक्ष पदका लागि दोस्रोपटक आवेदन खुल्ने छ र इच्छुकले फेरि आवेदन दिनुपर्ने छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ