धितोपत्र बोर्ड अध्यक्षमा ११ जनाले दिए आवेदन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ११ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम म्याद अर्थात आजसम्म ११ जनाले आवेदन दिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । अध्यक्ष छनोट सिफारिस समिति संयोजक तथा योजना आयोग उपाध्यक्ष डा. विश्व पौडेलकै प्रस्तावअनुसार अनिल पौडेलले आवेदन हालेका छन् ।
यसैगरी, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, नेपाल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व महाप्रबन्धक सीताराम थपलिया, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, डा. केशव प्रसाद श्रेष्ठ, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, उप–कार्यकारी निर्देशक डा. नवराज अधिकारी, जीवन अमगाइँ, अम्बिका लामिछाने र रमेश हमालले आवेदन दिएको जानकारी प्राप्त भएको छ ।
मन्त्रालयले अध्यक्ष नियुक्ति प्रकृया अघि बढाएपनि धितोपत्र बोर्डको अध्यक्ष काँग्रेस र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को सीइओ नियुक्ति माओवादी कोटाबाट गर्नेगरी भागबण्डा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
