‘चोरबाटो’बाट अदालत छिरे चोलेन्द्र

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वकिलहरूको अवरोध छिचोल्दै सर्वोच्च अदालत प्रवेश गरेका छन् । उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा अदालत प्रवेश गरेका हुन् । नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी चोरबाटो हुँदै अदालत प्रवेश गरेका हुन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् । शुक्रबार कानुन व्यवसायीले प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिने भन्दै धर्ना दिएपछि प्रहरीले मुख्य गेट बन्द गरेर कानुन व्यवसायीमाथि हस्तक्षेप गरेको थियो ।
११ बज्न लाग्दासम्म अदालत प्रवेश गर्न नसकेका प्रधानन्यायाधीश जबराले बालुवाटारस्थित निवासबाटै दैनिक पेशी सूची तयार पारेका छन् । करिब ११ बज्नै लाग्दा उनी अरु बेला बन्द रहने महान्यायाधिवक्ता कार्यालय छेउको गेट खोज्न लगाएर कानुन व्यवसायीको धर्नालाई छल्दै अदालत छिरेका हुन् ।
यसैबीच न्यायालयमा चर्किएको आन्दोलनले सेवाग्राहीसमेत मर्कामा पर्न थालेपछि राजनीति दल र सरकारले समेत अदालतको समस्याबारे चासो दिन थालेका छन् । यही क्रममा बिहीबार र शुक्रबार सिंहदरबार र बालुवाटारमा अदालतको संकटबारे सरकारी अधिकारीहरुले छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्री र कानुनमन्त्रीबीच छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र
-
शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल
-
कर्मचारीहरुलाई मन्त्री दाहालले भने, ‘सुशासनयुक्त सेवा प्रवाह गर्नुस्’
-
चैत्र महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार
-
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो