बारको आन्दोलनका कारण प्रधानन्यायाधीशले आज आफूलाई राखेनन् इजलासमा
शुक्रबार, २६ कात्तिक २०७८, ११ : ०१

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शुक्रबार सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने घोषणाका साथ धर्ना दिइरहेको छ । बार एशोसिएशनको आन्दोलनकै कारण प्रधानन्यायाधीश जबराले शुक्रबार आफूलाई इजलासमा राखेका छैनन् ।
शुक्रबारका लागि सर्वोच्च अदालतमा ८ वटा इजलास गठन गरिएको छ । तर प्रधानन्यायाधीश जबराले आफूलाई कुनै पनि इजलासमा राखेका छैनन् । बिहीबार भने उनले आफूलाई इजलासमा राखेका थिए ।
बार एशोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने घोषणा गरेको छ । बिहीबार सर्वोच्च परिसरमा प्रहरीले कानुन व्यवसायीमाथि गरेको हस्तक्षेपको विरोधमा शुक्रबार बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरणसहित सबै मुद्दाका बहसमा सहभागी नहुने घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान