आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सहमति नभइ एमसीसी अघि नबढाउने पक्षमा माओवादी

मङ्गलबार, २३ कात्तिक २०७८, १८ : १८
मङ्गलबार, २३ कात्तिक २०७८

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नभइ अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि नबढाउने बताएको छ । सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमती कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने कुरा मंगलबारको स्थायी समिति बैठकमा भएको जानकारी दिए । 

उनले भने, ‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ, हाम्रो पार्टी केही कुरा राष्ट्रिय सहमती कायम नभइकन, केही संशोधन, परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भा’छ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन् । केही कुरा परिमार्जन नभइकन र राष्ट्रिय सहमती, सबै दलको सहमत नभइकन अगाडि बढ्दैन ।’

यसअघि एमसिसीबारे सत्ता गठबन्धनका दुई शीर्ष नेता प्रचण्ड र शेरबहादुर देउवाको परस्पर विरोधी धारणा आएको थियो । स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई गत बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै प्रचण्ड र आफूले हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाएको बताएका थिए।  तर  प्रचण्डले एमसिसी परियोजना पास गर्ने भनेर कुनै सहमति नबनेको दाबी गरेका थिए। 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप