ओलीको प्रश्न–एमसीसीबारे देउवा र प्रचण्डमध्ये कसले झूट बोल्यो ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् । एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति मध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न चेतावनी दिएका हुन् ।
सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने ‘शेरबहादुरजी नि हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ । प्रचण्ड दिएको छैन भन्नुहुन्छ । दुईटा मध्ये एउटाले झुट बोल्या जस्तो देखिएन ? त्यस्तो झुट बोल्नु हुँदैन ।’
अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताए । उनले प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधीशहरुले संविधानको पालना नगरेको आरोप समेत लगाए । अध्यक्ष ओलीले भने, ‘राजीनामा दिनुपर्ने खालको सबै हुनुहुन्छ । उहाँहरुले अदालतको मर्यादा कसैले पनि बचाउनु भएको छैन । संविधानको पालना कसैले गर्नु भएको छैन । संविधानको ब्याख्यातासम्म हो अदालत । संविधान परिवर्तन गर्ने, संविधान हेरफेर गर्ने होईन । संविधानको व्याख्यासम्म गर्ने हो । ब्याख्या गरेन उसले आफैं संविधानको अनेक धाराहरु सृजना ग-यो ।’
अध्यक्ष ओलीले संविधान परिवर्तन गर्ने र हेरफेर गर्ने काम अदालतको नभएको पनि जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी