प्रधानन्यायाधीशले तोकेको इजलासमा बसे चुडाल, अन्य न्यायाधीश छलफलमा
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा न्यायाधीश कुमार चुडाल बसेका छन् । उनले बन्दीप्रत्यक्षीकरण सम्बन्धी एउटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् । तर अन्य न्यायाधीश भने आन्तरिक छलफलमा रहेका छन् । प्रधानन्यायाधीशले आफैंलाई पनि इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
यसअघि न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश आफू इजलास नबस्न सहमत भएपनि आज आफ्नोसहित ६ वटा इजलास तोकेका हुन् । बहुमत न्यायाधीशले प्रधानन्यायाधीशमाथि प्रश्न उठेकाले राजीनामाको माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् । यसैगरी नेपाल बार एसोसिएसन पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित छ।
यसैबीच चुडालकाे अर्काे पेसी प्रधानन्यायाधीशसँगै पूर्ण इजलासमा राखिएकाे छ । तर उक्त इजलास भने अहिलेसम्म बसेकाे छैन । पूर्ण इजलासमा देवेन्द्र थापामगरको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप
-
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजी अभियानको आन्दोलन छोट्यायो
-
‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?
-
सिनामंगलबाट लाखौँको धनमाल चोरी