‘प्रधानन्यायाधीशले सर्वोच्चमा सेटिङ भन्ने शब्दलाई संस्थागत गर्नुभयो’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीशले पेसी तोक्दा गोलाप्रथा नगरेको आरोप लगाएका छन् । उनले आफू अनुकूलको न्यायाधीशलाई मुद्दा हेर्ने जिम्मेवारी दिनकै लागि गोलाप्रथालाई नजरअन्दाज गरेको आरोप लगाए ।
आज इजलास तोक्ने क्रममा प्रधानन्यायाधीशले गोलाप्रथा गरेका थिएनन् भने ७ वटा मुद्दा हेर्न ६ वटा इजलास तोके । यस्तै प्रधानन्यायाधीशले आफूलाई समेत इजलास तोक्ने काम गरेका छन् । जुन न्यायाधीशहरूसँग भएको भनिएको सहमति विपरित भएको बताइएको छ ।
यही क्रममा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलनका क्रममा त्रिपाठीले प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा सेटिङ भन्ने शब्दलाई संस्थागत गरेको आरोप लगाए । सोहीअनुसार उनले पेसी तोक्ने क्रममा गोलाप्रथा नगरेको आरोप लगाए ।
‘वर्तमान प्रधानन्यायाधीशले सर्वोच्चमा सेटिङ भन्ने शब्दलाई संस्थागत गर्नुभयो । त्यहीकारण उहाँले गोलाप्रथा गर्न चाहनुभएन’, त्रिपाठीले भने। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले सोमबार पनि प्रदर्शन गरेका छन् । कालो ब्यानरसहित प्रदर्शन गरेका उनीहरुले सर्वोच्च अघि धर्ना समेत दिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने