प्रधानन्यायाधीशले आफूसहितको इजलास तोके
सोमबार, २२ कात्तिक २०७८, ११ : ३६

तिहार बिदापछि सोमबार खुलेको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहितको इजलास तोकेका छन् । यसअघि नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न सुझाव दिँदै आएको थियो ।
सोमबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलास राखेका छन् । तीमध्ये उनले एउटा इजलासमा आफूलाई पनि राखेका हुन् । उनले न्यायाधीश कुमार चुडालसँग पूर्ण इजलासमा आफूलाई राखेका छन् । यद्यपि ६ वटै इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र छन् । सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाका लागि इजलासमा नबस्ने अडान लिएपछि केही यता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसी चढाउन थालिएको हो ।सर्वोच्च अदालतका अधिकांश न्यायाधीश र बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानमाको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा