बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशले तोकेको इजलासमा बसे चुडाल, अन्य न्यायाधीश छलफलमा

सोमबार, २२ कात्तिक २०७८, १२ : २८
सोमबार, २२ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा न्यायाधीश कुमार चुडाल बसेका छन् । उनले बन्दीप्रत्यक्षीकरण सम्बन्धी एउटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् । तर अन्य न्यायाधीश भने आन्तरिक छलफलमा रहेका छन् । प्रधानन्यायाधीशले आफैंलाई पनि इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् । 

यसअघि न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश आफू इजलास नबस्न सहमत भएपनि आज आफ्नोसहित ६ वटा इजलास तोकेका हुन् ।  बहुमत न्यायाधीशले प्रधानन्यायाधीशमाथि प्रश्न उठेकाले राजीनामाको माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् । यसैगरी नेपाल बार एसोसिएसन पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित छ।

यसैबीच चुडालकाे अर्काे पेसी प्रधानन्यायाधीशसँगै पूर्ण इजलासमा राखिएकाे छ । तर उक्त इजलास भने अहिलेसम्म बसेकाे छैन । पूर्ण इजलासमा देवेन्द्र थापामगरको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा रहेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप