ad
x
समाचार

प्रधानन्यायाधीशले भने, ‘म राजीनामा दिन्नँ’

person explore access_timeकात्तिक ९, २०७८ chat_bubble_outline0

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिएका छन् । आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गरेका थिए । सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् ।


आजको छलफलमा एक जना न्यायाधीशले प्रश्न उठेको बताउँदै सम्मानजनकरूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गरेको सह रजिस्ट्रार प्रवक्ता बाबुराम दाहालले रातोपाटीलाई बताए । जवाफमा जबराले बाहिरबाट दबाब आयो भन्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका थिए । ‘मेरो नियुक्ति संविधानअनुसार भएको हो । मेरो बहिर्गमन  पनि संविधान बमोजिम नै हुन्छ । बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा दिने कुरा हुँदैन । केही श्रीमान्को विषयमा पनि प्रश्न उठेका छन् । के तपाईंहरु राजीनामा दिन सक्नुहुन्छ ? तपाईंहरु राजीनामा दिनुहुन्छ भने म पनि दिन्छु,’ जबराको भनाइ उद्धृत गर्दै दाहालले भने, ‘सडकको दबाबबाट न्यायालय चल्दैन । यसरी राजीनामा दिन थाल्यो भने न्यायालय बच्दैन । म पदमा रहुञ्जेल संवैधानिक दायित्व पुरा गर्न तयार छु । तपाईंहरुले पनि आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’





​प्रधानन्यायाधीशसँग मंगलबार १५ जना न्यायाधीशहरु छलफलका लागि पुगेका थिए । सो छलफलपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । राजनीतिक नियुक्तिमा भागबण्डाका साथै न्यायिक स्वतन्त्रता र गरिमाविपरीत काम गरेको भन्दै यतिबेला प्रधानन्यायाधीश जबरा चौतर्फी आलोचनाको केन्द्रमा रहेका छन् । सोमबार ​न्यायाधीशहरूले प्रधानन्यायाधीशले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका थिए । चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको र नेपाल बार पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेको छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X