शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सकियो

न्यायाधीशहरु पुन: छलफलमा
मङ्गलबार, ०९ कात्तिक २०७८, ०८ : ००
मङ्गलबार, ०९ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सकिएको छ । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको हो ।

प्रधानन्यायाधीशसँगको छलफलमापछि १५ जना न्यायाधीशहरु पुन: आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच जारी छलफलले कस्तो निष्कर्ष निकाल्छ भन्नेमा सर्वत्र चासो बढेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप