संकट गहिरिएपछि बिदा बसेका न्यायाधीश अदालत फर्के
न्यायालयमा संकट गहिरिँदै गएपछि बिदा बसेका दुई न्यायाधीश सर्वोच्च अदालत फर्केका छन् । न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदी बिदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् । न्यायाधीश सुवेदी एक साताको बिदा स्वीकृत भए पनि उनी दोस्रो दिन नै अदालत फर्केको सर्वोच्च प्रशासनले जनाएको छ । त्यस्तै अर्का न्यायाधीश चुडालले पनि आगामी बिहीबारसम्मको बिदा लिएका थिए । तर उनी पनि मंगलबार नै सर्वोच्च फर्केका छन् ।
सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीशबीच खटपट भएपछि सर्वोच्चको सोमबारको इजलास र प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठक नै बस्न सकेको थिएन । सोमबार छुट्टै बैठक बसेका न्यायाधीशहरुले प्रधानन्यायाधीशले राजीनामा गरेर न्यायालयको साख जोगाउनुपर्ने निष्कर्ष निकालेका थिए ।
यसैबीच आज न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई भेट्दैछन् । अदालतभित्र देखिएका विचलनमा प्रधानन्यायाधीश राणा प्रमुख कारण रहेको भन्दै असन्तुष्ट बनेका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई भेट्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण