विश्वासको मत सम्बन्धी प्रक्रिया अघि बढ्न सकेन, प्रदेशसभा बैठक १५ गतेसम्मका लागि स्थगित
आइतबार, ०७ कात्तिक २०७८, १४ : ४८
प्रदेश १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित गरिएको हो ।
प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले कार्तिक १५ गते दिउँसो १२ः३० गते बस्ने गरी आइतबारको बैठक स्थगित गरेका हुन् । प्रदेश १ प्रदेशसभा सचिवालयका प्रवक्ता चमिला भट्टराईले आइतबार बस्ने भनिएको बैठक १५ गते बस्ने गरी स्थगित भएको जानकारी दिइन् । सभामुख भण्डारीले सर्वदलीय बैठक आह्वान गरी दलहरुसँग छलफल गरेर बैठक स्थगित गर्ने निर्णय गरेका हुन् ।
त्यसअघि नेपाली काँग्रेस र नेकपा एमालेले आइतबार बस्ने प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि
-
नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
-
दोस्तोयभ्स्कीका पाँच उपन्यास
-
आइपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
-
तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
-
धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार