काँग्रेसपछि एमालेले पनि गर्यो कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग
नेकपा एमालेले कात्तिक १५ गतेसम्म प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ। पार्टीको अधिवेशनको कारण देखाउँदै एमालेले बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेको हो । यसअघि काँग्रेसले पनि आन्तरिक कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको थियो ।
पत्रमा भनिएको छ, ‘प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलको तर्फबाट आजको बैठक स्थगत गर्नका लागि सभामुखसमक्ष पत्र पेश गरेको जानकारी हुन आउँदा हाम्रो पार्टी एमालेको पनि दशौँ महाधिवेशन अन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन, ११ गते स्थायी कमिटी बैठक तथा १२ र १३ गते केन्द्रीय समितिको बैठक भएको हुँदा १४ गते बाटोको म्याद राखी १५ गते प्रदेशसभाको बैठक सञ्चालन गर्न उपयुक्त हुने व्यहोरा अनुरोध छ ।’ एमाले प्रदेशसभाका प्रमुख सचेक बुद्धि कुमार राजभण्डारीद्वारा हस्ताक्षरित पत्र प्रदेशसभामा दर्ता भइसकेको छ ।

आजै काँग्रेसले पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश–१ को बाढी प्रभावित क्षेत्रको भ्रमणमा आएका कारण बैठक रोक्न माग गरेको थियो । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले धेरै सांसद सभापतिको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले बैठक स्थगित गर्न प्रदेशसभा सचिवालय समक्ष लिखित माग गरिएको बताए ।
उनले बाढी पीडितको समस्याको बारेमा सांसदहरुले प्रधानमन्त्रीलाई भेट गर्ने कार्यक्रम रहेकाले पनि आजको प्रदेश सभा बैठक स्थगित गर्न माग गरिएको बताए । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज १२ः३० बजे आह्वान गरेको प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै कार्यसूची रहेको छ ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार (आज) मतदान हुने तय भएको हो । शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने यसअघि नै दलहरुबीच सहमति भएको थियो । सभामुख प्रदीप भण्डारीले प्रदेशसभा बैठक रोक्ने वा नरोक्ने निर्णय गर्नुअघि दलहरूसँग परामर्श गर्ने भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

