प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न काँग्रेसको माग
आइतबार, ०७ कात्तिक २०७८, १२ : ०३
आज आइतबारका लागि बोलाएको प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न नेपाली काँग्रेस प्रदेश नम्बर –१ ले माग गरेको छ । आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
गृहकार्य नपुगेको लगायतका विविध कारण रहेकाले आइतबारको बैठक स्थगित गर्न लिखित रुपमै माग गरिएको काँग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले बताए । ‘गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गर्न माग गरेका हौ, सभामुखले बैठक बोलाएपछि के गर्ने भन्ने निर्णय हुन्छ’, कोइरालाले रातोपाटीसँग भने, ‘स्थगित गर्ने नगर्ने अधिकार सभामुखलाई छ ।’
कोइरालाले कस्तो गृहकार्य भन्ने प्रश्नको जवाफ भने दिएनन् । तर कतिपयले आजको बैठकमा काँग्रेसका सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना बढेकाले त्यसलाई रोक्न बैठक स्थगित गर्न माग गरिएको आशंका गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण