शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न काँग्रेसको माग

आइतबार, ०७ कात्तिक २०७८, १२ : ०३
आइतबार, ०७ कात्तिक २०७८

आज आइतबारका लागि बोलाएको प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न नेपाली काँग्रेस प्रदेश नम्बर –१ ले माग गरेको छ । आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

गृहकार्य नपुगेको लगायतका विविध कारण रहेकाले आइतबारको बैठक स्थगित गर्न लिखित रुपमै माग गरिएको काँग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले बताए । ‘गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गर्न माग गरेका हौ, सभामुखले बैठक बोलाएपछि के गर्ने भन्ने निर्णय हुन्छ’, कोइरालाले रातोपाटीसँग भने, ‘स्थगित गर्ने नगर्ने अधिकार सभामुखलाई छ ।’

कोइरालाले कस्तो गृहकार्य भन्ने प्रश्नको जवाफ भने दिएनन् । तर कतिपयले आजको बैठकमा काँग्रेसका सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना बढेकाले त्यसलाई रोक्न बैठक स्थगित गर्न माग गरिएको आशंका गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप