बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘शाहरुख खान भाजपामा समावेश भए, ड्रग्सलाई चिनी मानिनेछ’

आइतबार, ०७ कात्तिक २०७८, १३ : ०३
आइतबार, ०७ कात्तिक २०७८

महाराष्ट्रका नेता छगन भुजबलले क्रुज ड्रग्स केसमा भाजपामाथि निशाना साँधेका छन् । एनसीपी नेताले भाजपाको दोहोरो चरित्रमाथि निशाना साँध्दै बलिउड अभिनेता शाहरुख खान भाजपामा समावेश भए ड्रग्सलाई चिनी मानिने बताएका छन् । क्रुज ड्रग्स केसमा शाहरुखका छोरा आर्यन खान जेलमा कैद छन् ।​ भुजबलले भने, ‘गुजरात को मुन्द्रा पोर्टमा ३००० किलो हेरोइन बरामद भयो तर त्यसको कुनै अनुसन्धान गरिएन । एनसीबी शाहरुखको पिछा लागिरहेको छ तर यदि शाहरुख बीजेपीसँग सम्बन्धित भए ड्रग्सलाई पनि चिनी मानिनेछ ।’

नेशनलिस्ट कंग्रेस पार्टी (एनसीपी) लगातार क्रुज ड्रग्स प्रकरणमा बीजेपी र नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) माथि निशाना साँधिरहेको छ ।

 


एनसीपीले ड्रगको मुद्दालाई बताएको थियो नक्कलीः

एनसीपी नेता नवाब मलिकले एनसीबीविरुद्ध थुप्रै आरोप लगाएका छन् । उनले सुरुदेखि नै यो मामिला पूर्ण रुपमा नक्कली भएको बताउँदै आएका थिए । उनले भने, ‘एनसीबीले टार्गेट गरेर क्रुजमा छापा मारेको थियो र १३ सय मानिसमध्ये ११ जनालाई मात्रै हिरासतमा लिइएको थियो । उनीहरुलाई पक्राउ गरेपछि एनसीबी कार्यालय लगियो र तीमध्ये आर्यन, अरबाज र मुनमुनसमेत ८ लाई आफूसँगै राखेर अन्य आरोपीलाई जान दिइयो ।

नवाब मलिकले वानखेडेलाई दिएका थिए धम्कीः

नवाब मलिकले एनसीबीका क्षेत्रीय प्रमुख समीर वानखेडेमाथि हमला गर्दै उनी केन्द्र सरकारको कठपुतली भएको आरोप लगाए । उनले मानिसहरुलाई नक्कली ममिलामा फसाउने गरेको पनि बताइयो । उनले वानखेडेलाई धम्की दिँदै भनेका थिए, ‘म वानखेडेलाई चुनौती दिँदै भन्छु कि उनले एक वर्ष भित्र आफ्नो जागिर गुमाउनेछन् । तपाईंलाई जेल नपठाएसम्म जनता चुप बस्ने छैन्न् । हामीसँग तपाईंको हरेक नक्कली मामिलाका प्रमाण छन् ।’

मलिक यत्तिमा मात्रै रोकिएनन् । उनले वानखेडेलाई प्रश्न सोधे, ‘तिम्रो बाउ को हो ? तिमीलाई दबाब दिने को हो ? नवाब मलिक कसैसँग पनि डराउने वाला छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप