शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ शाहरुख खानका छोराको जीवनशैली : क्यालिफोर्नियाबाट ग्रेजुएट, सोसल मिडियामा खासै छैनन् सक्रिय

सोमबार, १८ असोज २०७८, १० : १८
सोमबार, १८ असोज २०७८

शाहरुख खानका छोरा आर्यन चर्चामा छन् । यद्यपि, क्यामरा उनको वरिपरि घुमेको यो पहिलो घटना होइन । यसअघि पनि जब आर्यन सार्वजनिक स्थानमा देखिन्छन्, क्यामरामा कैद हुनबाट जोगिन सक्दैनन् । तर यसपटक भने उनी नारकोटिक्स कन्ट्रोल ब्यूरोको नियन्त्रणमा छन् । त्यसैले पनि उनी यसपटक विशेष चर्चामा छन् । यहाँ हामी तपाईंलाई उनको जीवनसँग सम्बन्धित केही विशेष जानकारी दिँदैछौं ।

आर्यनको पढाईः

२३ वर्षका आर्यनले लण्डनको सेभेन अक्स स्कूलबाट १२ कक्षाबाट पास गरेका छन् । यसअघि उनी मुम्बईको धीरुभाइ अम्बानी स्कूलमा पढिरहेका थिए । मे सन् २०२१ मा आर्यनको ग्रेजुएशनको फोटो भाइरल भएको थियो । फोटोमा उनले आफ्नो ग्रेजुएशन गाउनमा सर्टिफिकेट समातिरहेको देखिएका थिए । आर्यनले सन् २०२० मा युनिभर्सिटी अफ सनर्दन क्यालिफोर्नियाबाट ब्याचलर अफ फाइन आर्टस्, सिनेमेटिक आर्टस्, फिल्म एण्ड टेलिभिजन प्रोडक्सन, स्कूल अफ सिनेमेटिक आर्टस्को डिग्री हासिल गरेका छन् ।

लायन किङमा पितासँग काम गरेः

शाहरुख खानले आफ्नो छोरासँग पहिलो पटक लायन किङको हिन्दी भर्सनमा काम गरेका थिए । वास्तवमा, यो फिल्ममा आर्यनलले जवान सिम्बालाई आफ्नो आवाज दिएका थिए । जबकी शाहरुखले मुससाफालाई आवाज दिएका थिए । आर्यनले बाल्यकालमा ‘कभी खुसी कभी गम’ मा क्यामियो गरेका थिए । बाल्यकालमा नै आर्यनले लाजवाब फिल्मको एनिमेटेड भर्सनमा पनि डबिङ गरेका थिए । शाहरुखले आफ्ना छोरा निकै राम्रो लेखक भएको बताएका थिए । आर्यनको रुझान निर्देशनतर्फ छ । उनी असाध्यै सृजनशील छन् ।

बाल्यकालमा गरेका थिए युवतीमाथि कुटपिटः

आर्यन खान जब ९ वर्षका थिए तब एक युवतीसँग उनको झगडा भएको थियो । उनले शाहरुखलाई मोटो भनेकी थिइन् । ती युवतीले सुरुमा त शाहरुखलाई तथानाम भने । उनले ‘कौन बनेगा करोडपति’ मा शाहरुख असाध्यै नराम्रो देखिएको भनेका थिए । आर्यनले उनको यो कुरामा केही पनि भनेनन् तर जब युवतीले ‘तिम्रो पापा मोटो छन्’ भनिन् तब आर्यनले उनलाई खुट्टाले हानिदिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Aryan Khan (@___aryan___)

आर्यन अघि केही बच्चा गुमाइसकेका थिए शाहरुखः

आर्यन जन्मनुअघि गौरीका केही गर्भपात भएक थिए । जब आर्यन जन्मिए, तबपनि स्थिति निकै मुश्किल थिए । शाहरुखका दुबै सन्तान हुर्किएर अध्ययनका लागि विदेश गए तब उनलाई बच्चाको कमी हुन थाल्यो । एउटा अन्तरवार्तामा उनले भनेका थिए, ‘पछिल्लो चारपाँच वर्षदेखि बच्चाहरु घर बाहिर बस्न थाले, स्कूल जान थाले । पहिला उनीहरु बाँदरजस्तै टाँस्सिएर बस्दथे र म उनीहरुसँग धेरैभन्दा धेरै समय बिताउन पाउँथे ।’

‘अब बच्चाहरु साथीहरुसँग आफ्नो कोठामा बस्न थाले । उनीहरु घरमा छन्–छैनन् भनेर कहिलेकाँही त थाहा नै हुँदैन । बच्चासँग बिताएको समय हामीलाई याद आउन थालेको छ । आर्यन पढ्नका लागि लण्डन गए र छोरी पनि विदेशमा छिन् । हामी खुल्ला विचारका अभिभावक हौं । बच्चाहरुले जे चाहन्छन्, त्यो गर्न सक्छन् । तर हामी बच्चालाई मिस गर्न थालेका थियौं ।’

आर्यन खानको सार्वजनिक जीवनसँग जोडिएका केही तथ्यः

– आर्यन खानको जन्म १३ नोभेम्बर सन् १९९७ मा दिल्लीमा भएको थियो तर उनलाई लाइमलाइटबाट टाढा बस्न मनपर्छ ।

– आर्यन सोसल मिडियामा कम सक्रिय रहन्छन् । इन्स्टाग्राममा हालसम्म २४ वटा पोस्ट गरेका छन् ।

– आर्यन विदेशमा पढाईका बेला करिब २ वर्षसम्म सोसल मिडियाबाट टाढा रहे ।

– आर्यनको इन्स्टाग्राममा १.५ मिलियन फलोअर्स छन्, तर उनले ४३८ जनालाई उनले फलोब्याक गर्छन् ।

– आर्यनले केही सिमित स्टारलाई फलो गर्छन् जसमा कट्रिना कैफ, करण जोहर र आलिया भट्ट समावेश छन् । तर त्यो सूचीमा दिपिका पादुकोण र अनुष्का शर्मा समावेश छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप