१५ मिनेटको समय, बीचमा सीसा : जेलभित्र शाहरुख खानले कसरी भेटे छोरालाई ?
शाहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज पार्टी केसमा पक्राउ परेपछि समस्याको सामना गरिरहेका छन् । २० अक्टोबरमा सेसन्स कोर्टले आर्यन खानको जमानतको निवेदन खारेज गरिदियो । त्यसपछि आयर्न र उनको परिवारको चिन्ता बढेको छ । छोरा आर्यनलाई मद्दत गर्नका लागि पिता शाहरुख् खानले असाध्यै धेरै समस्या झेल्नु परिरहेको छ ।
यस्तोमा छोरालाई भेट्न र उनको अवस्था बुझ्नका लागि शाहरुख खान बिहिबार बिहान आर्थर रोड जेल पुगे । जेलमा यसअघि कोरोनका कारण आमने–सामने भेटघाट बन्द थियो ।बुधबार महराष्ट्रको जेलबाट कैदी र उनको परिवारबीच प्रत्यक्ष भेटघाट गर्न नपाउने नियमलाई हटाइयो । यस्तोमा शाहरुखले छोरा आर्यनलाई छिटोभन्दा छिटो भेटे र उनीसँग कुराकानी गरे ।
आर्यन खान पछिल्लो १४ दिनदेखि आर्थर रोड जेलमा बन्द छन् । शाहरुखले भिडियो कलमार्फत् छोरासँग कुराकानी गरिरहेका थिए । बाउ–छोराबीच कुराकानीका बेला बीचमा सीसा राखिएको थियो । दुबैले इन्टरकममार्फत् कुराकानी गरे । कुराकानी १६ देखि १८ मिनेटसम्म चल्यो । यी दुईबीच कुराकानी हुँदा जेलका अधिकारी पनि उपस्थित थिए ।
शाहरुख खान र उनकी श्रीमती गौरी खानले सुरुमा आर्यनसँग भिडियो कलमार्फत् कुराकानी गरेका थिए । जेलका कैदीलाई हप्तामा दुई पटक परिवारसँग भिडियो कलमा कुराकानी गर्न अनुमति दिइन्छ । खबरका अनुसार जमानत नपाएका कारण आर्यन निकै चिन्तित छन् र उनले जेलमा सबैसँग कुराकानी बन्द गरेका छन् ।
शाहरुख–गौरी छोराका लागि अत्यधिक चिन्तित भइरहेको बताइएको छ । यी दुईले छोराको स्वास्स्थ्यबारे जेल अधिकारीसँग जानकारी लिइरहेको स्रोतले बताएको छ । भारतीय सञ्चार माध्यम आजतकले भन्यो, ‘शाहरुख सुरुदेखि नै आर्यन खानका लागि चिन्तित छन् र एनसीबी र जेलका अधिकारीसँग लगातार सम्पर्कमा छन् ।’
स्रोतका अनुसार आर्यन खान जेलभित्र असाध्यै तनावमा छन् । उनलाई जेलभित्रको खाना पनि मन परिरहेको छैन । उनले अन्य कैदीलाई आफू निर्दोष भएको र आफूले केही पनि गलत नगरेको बताउँदै आएका छन् । रिपोर्टका अनुसार आर्यनलाई जुन ब्यारेकमा राखिएको छ, यहाँ उनलाई एउटा पातलो ओछ्याउने र निकै सिमित चिजहरू मात्रै दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको समस्या व्यवस्थापनका लागि कर्जा सूचना केन्द्र स्थापना गरिने
-
सरकारद्वारा अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन
-
उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !