बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष महर्जनको सम्झनामा देशभरका सुनचाँदी पसल बन्द

मङ्गलबार, ०२ कात्तिक २०७८, ११ : ५६
मङ्गलबार, ०२ कात्तिक २०७८

आज देशभरका सुनचाँदी पसल नखुल्ने र कारोबार बन्द हुने भएको छ । नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएपछि उनको सम्झनामा देशभर सुनचाँदीको कारोबार नहुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले व्यवसायी महर्जनको सम्झनामा कारोबार बन्द गरिएको बताए । उनले भने, ‘हामी दुई वटै महासंघको संयुक्त निर्णयमा आज देशभर कारोबार नगर्ने निर्णय गरेका छौँ । भाउ भने तोकिने छ ।’ महर्जनको उपचारका क्रममा हिजो कात्तिक १ गते निधन भएको थियो । आज उनको पशुपतिमा अन्त्येष्टि गरिँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप