बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साझा पार्टीबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार महर्जनको निधन

सोमबार, ०१ कात्तिक २०७८, १८ : ३०
सोमबार, ०१ कात्तिक २०७८

साझा पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार बनेका रमेश महर्जनको निधन भएको छ । कोरोनाभाइरसको संक्रमितबाट उनको निधन भएको विवेकशील साझा पार्टीका केन्द्रीय सञ्चार विभागका सदस्य उद्धवराज भेटवालले जानकारी दिए ।

महर्जनको निधन प्रति दु:ख व्यक्त गर्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘कोभिडका कारण अर्का एक भलाद्मि व्यक्तित्वले संसार छोड्नु भएको खबरले निःशब्द छु। रमेश जी को परिवार, आफन्त, मित्रजन सबैमा गहिरो समवेदना प्रकट गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप